Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ठाकुर पक्षले देउवालाई विश्वासको मत नदिने
ठाकुर पक्षले देउवालाई विश्वासको मत नदिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०७८
Hardik health
काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरूले कुनैपनि हालतमा विश्वासको मत नदिने स्पष्ट पारेका छन् । उनले भने, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि हामी के बौलाएका छौँ र ?’ बिहीबार आयोजना गरिएको साक्षात्कारमा बोल्दै उनले आफूहरूको माग र मुद्दा सम्बोधन गर्नको लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कुनै पहल नगरेको गुनासो पोखे । उनले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्च अदालतले दिएको परमादेशलाई पनि असंवैधानिकको संज्ञा दिए । उनले अदालतको फैसला संविधानसम्मत नभए पनि उक्त फैसलालाई मान्ने स्पष्ट पारे । उनले निवर्तमान प्रधानमन्त्री केपी ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवादसमेत दिए । उनले भने, ‘उहाँहरूले फैसला स्वीकार गर्नुभयो, र देशलाई द्वन्द्वबाट बचाउनुभयो ।’ उनले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न चुनौती रहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने कुरा व्यक्तिगत राय भएको सुनाए । तर, यसबारेमा पार्टीको बैठकले आवश्यक निर्णय लिने पनि कर्णले जानकारी दिए । उनले आफूहरूको अहिले पनि संविधान संशोधनलगायत महत्वपूर्ण मुद्दा बाँकी नै रहेकोले माग पूरा गराउन लागिपर्ने पनि बताए । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरेका छन् । पौडेलले कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरे । उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको पनि सुनाए । उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारनै आफूहरू अघि बढ्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेबमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री देउवाकै समन्वयकारी भूमिका हुने पनि बताए । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे । तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदै पनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे । उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरूबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको पनि सुनाए । उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए । उनले देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि बताए । कांग्रेसका नेता तथा सांसद मीनबहादुर विश्वकर्माले एमाले अध्यक्ष ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गरेका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो । आफूहरूले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाइ छ । उनले पाँच दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए । उनले विश्वासको मत भने अधिकतम पाउने जिकिर गरे । ओलीले कानुनविपरीत सरकार चलाएको उनको आरोप थियो । एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार गरिने पनि उनले जानकारी दिए । माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने र सबैलाई सरकारमा भाग लिने वातावरण बनाइने पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०२:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP