Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नयाँ पुस्ताले धैर्य राख्न नेता बास्कोटाको सुझाव
नयाँ पुस्ताले धैर्य राख्न नेता बास्कोटाको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ३१, २०७८
Gokul
Hardik health
काभे्रपलाञ्चोक–नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै नयाँ पुस्ताले धैर्य राख्न सके मात्र जीवन सफल बन्ने सुझाव दिएका छन् । बुधबार पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा उनले अहिलेको परिस्थितीको सिर्जना नै अधैर्यताले गरेको टिप्पणी गर्दै यस्तो सुझाव दिएका हुन् । उनले अधैर्यताले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताउँदै बालबालिकालाई अधैर्य नबन्न आग्रह गरे । बाँस्कोटाले अधैर्यताले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गरे । उनले भने, ‘ बालबालिकाले धैर्यतापूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नु तर पार्टीभक्त कहिल्यै नबन्नु ।’ अधैर्यताले स्वयं व्यक्तिगत र राजनीतिक दलको उद्देश्यमा ठूलो आघात पुग्ने भएकाले यसको असर हालै भोग्नुपरेको उनले बताए । उनले लामो जीवन किशोरकिशोरीको रहेकाले अबको विकास र सुरक्षा उनीहरूलाई चाहिएको बताए । उनले अघिल्लो सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताए । उनले नेपाली कांग्रेसलाई शुभकामना दिदैँ व्याग्यात्मक रूपमा सत्ता टिकाउन सुझाव दिए । उनले भने, ‘नेपाली कांग्रेसको सरकारले अबको थप प्रक्रियामा बहुमत पुरोओस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुन, योजनाका बजेट नकाटियोस्’ त्यस्तै उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा कुनै पनि ठाउँ नरहेको बताए । पार्टीभित्रकै चुनौतीले संविधान संकटमा पर्नसक्ने र पार्टी कमजोर भए लोकतन्त्र कमजोर हुने हुनाले पार्टी हित लाग्नेहरूको लागी एमालेमा कुनै ठाउँ नहुने भनाइ थियो । पनौती नगर बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालमा आठौँ, प्रदेशमा चौँथो र जिल्लामा दोस्रो भएको छ । कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा (एमाले) पनौती नगरपालिका संयोजक सुरेशप्रसाद हुमागाईँ, नेपाली कांग्रेसका पनौती नगर सभापति रामशरण भण्डारी, जिल्ला बाल संगठनका अध्यक्ष विदुरप्रसाद हुमागाईँलगायतले नगरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आग्रह गरे । नगरप्रमुख भीमप्रसाद न्यौपानेले नगरका १२ वडामा ४९ सूचक पूरा गरिएको र नगरमा १६ हजार ५१० बालबालिका रहेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP