Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरूको अदम्य साहस
लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरूको अदम्य साहस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३०, २०७८
Laa;babu
Hardik health
जनकपुरधाम–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनस्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् । लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरूले अदम्य साहस देखाएको भन्दै उनले सर्वोच्चका न्यायाधीशहरूलाई धन्यवाद समेत दिए । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरूले अदम्य साहस देखाउनुभयो, उहाँहरूप्रति नमन छ ।’ प्रस्तुत बजेटमा मनोमानी गरेको भन्दै विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले प्रदेशसभा बैठक अबरुद्ध गरेपछि बजेटबारे सरकारको दृष्टिकोण राख्न मुख्यमन्त्री राउतले प्रदेशसभालाई सम्बोधन गरेका हुन् । उनले छुटेका योजनाहरू मन्त्रिपरिषद्को बैठकले थप गर्ने बताए । मुख्यमन्त्रीले सम्बोधन गरेपछि प्रदेशसभा बैठक सुचारु भएको छ । त्यस्तै प्रदेश नं २ का मुख्यमन्त्री राउतले छ जना स्रष्टालाई नेपाल विद्यापति पुरस्कार–२०७७ बाट सम्मान गरेका छन् । सो पुरस्कारअन्तर्गत नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् (राजविराज), नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट वृषेशचन्द्र लाल (जनकपुरधाम), नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट सुजितकुमार झा (जनकपुरधाम), नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्करबाट अमरेन्द्र यादव (राजविराज), नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कारबाट अजितकुमार साह ( जनकपुरधाम) र सुनिताकुमारी साह सम्मानित भएका छन् । विद्यापति पुरस्कार कोषबाट वर्षेनी दिइने सो पुरस्कारको राशि क्रमशः दुई लाख, एक लाख र ५०÷५० हजार रहेको छ । परिषद्लाई मैथिल संस्कृति, सभ्यता, भाषा र संरक्षण, लाललाई बिपी कोइरालाको ‘मोदियाइन’ उपन्यासको मैथिली अनुवाद, झालाई ‘पुनि पुनि होत विवाह’ विषयक अनुसन्धान, यादवलाई ‘स्त्री आ आगि’ नामक कविता सङ्ग्रह, अजितकुमार साह र सुनिताकुमारी साहलाई कला संस्कृति र गायनका लागि पुरस्कृत गरिएको हो । सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने गृहकार्य गरिरहेको जानकारी दिए । ऐन निर्माणमा समय लाग्ने भएकाले मन्त्रिपरिषद्बाट कार्य आदेशमार्फत प्रतिष्ठान गर्न प्रयासरत रहेको उनले बताए । पूर्वाधार विकासबाट मात्र समृद्धि हुन नसक्ने बताउँदै मुख्यमन्त्री राउतले भाषा, कला, संस्कृतिको विकासबाट समग्र विकासको गन्तव्य सफल हुनसक्ने धारणा राखे ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०२:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP