Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा पाँचौँपटक प्रधानमन्त्री
देउवा पाँचौँपटक प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३०, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँपटक मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले सोमबार देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । नियुक्तिसँगै आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार नै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । कांग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रका दुई जनाले मन्त्री पदको शपथ लिएका छन् । कांग्रेसका बालकृष्ण खाँणले गृह तथा ज्ञानेन्द्रबहादुर कार्कीले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, माओवादी केन्द्रका जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । को हुन्, पाँचौपटक सत्तारोहण गर्ने देउवा यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको बेला प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने बताएको भनेका थिए । त्यत्तिबेलै र निर्वाचनको परिणामपछि उनको उक्त अभिव्यक्तिलाई धेरैले हाँसोको विषय बनाएका थिए । तर, निर्वाचनमा नेकपा एमालेभन्दा करिब आधा मात्र स्थानमा पार्टीलाई विजय गराउन सकेका उनी पाँचौँपटक मुलुकको कार्यकारी पदमा पुगेका छन् । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मिएका देउवाले स्थानीय असीग्राम प्राविबाटै प्रारम्भिक शिक्षा हासिल गरेका थिए । डोटीको सीताराम माविबाट माध्यमिक शिक्षा पूरा गरेका देउवा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उच्च शिक्षाका लागि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना भएसँगै देउवा राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेका थिए । १ पुस ०१७ को कदमविरुद्ध संघर्षमा रहेको नेपाली कांग्रेसको विचारबाट प्रभावित देउवा आफूलाई ‘डेमोक्रेट’ भन्न रुचाउँथे । नेपाल विद्यार्थी संघको स्थापनापूर्व नै विद्यार्थी राजनीतिमा क्रियाशीलता बढाएका देउवा ०२८ सालमा नेविसंघको सभापति बने । राजनीतिक जीवनकालमा पटक–पटक गरी १० वर्षभन्दा बढी समय जेल जीवन बिताएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरेका छन् । उनी ०४८ सालदेखि यताका सबै निर्वाचनमा अपराजित छन् । गृहजिल्ला डडेल्धुराबाट लगातार ६ पटकसम्म निर्वाचन जितेका देउवा ०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनबाट पार्टी सभापति बन्न सफल भएका थिए । ०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री रहेका देउवा ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार ढलेपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । ०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले १८ असोज ०५९ मा अपदस्त गरेका थिए । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले नै देउवालाई नै पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । यद्यपि १९ माघ ०६१ मा ज्ञानेन्द्रले दोस्रोपटक ‘असक्षम’ भनेर हटाएका थिए । त्यसपछि केपी ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार ढालेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएका देउवाले माओवादीकै समर्थनमा ०७४ जेठमा चौँथोपटक प्रधानमन्त्री बनेका थिए । दुई संस्थाबीच खटपटको संकेत कांग्रेस सभापति देउवाले यसअघि ७ जेठमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहित प्रधानमन्त्री पदमा दाबी गरेका थिए । उनले १४९ जना सांसदको हस्ताक्षरसहितको पत्र बोकेर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री पदमा दाबी गर्न गएका थिए । तर, नेकपा एमालेका अध्यक्ष केपी ओली उनीभन्दा पहिले नै नेकपा एमालको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन रहेको दाबीसहित प्रधानमन्त्री पदमा दाबी गर्न पुगिसकेका थिए । ओली र देउवाको दाबीपछि राष्ट्रपति भण्डारीले दुवैको दाबी नपुगेको ठहर गर्दै प्रधानमन्त्री पदमा नियुक्त गर्न अस्विकार गरिन् । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो । त्यसपछि ८ जेठमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी २६ कात्तिक र ३ मंसिरमा निर्वाचन घोषणा गरेकी थिइन् । राष्ट्रपतिको उक्त कदमको विरोधमा सभापति देउवासहितका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेको परमादेश सर्वोच्चले जारी गरेको हो । उक्त मुद्दाको सोमबार फैसला सुनाउँदै सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्दै एकसाताभित्र संसद बैठक बोलाउन पनि आदेश दिएको थियो । उक्त फैसलाको एमालेले विरोध गरेको छ । सर्वोच्चले राजनीतिक तवरको फैसला दिएको, राजनीतिलाई अस्थिर बनाएको, निर्दलीय व्यवस्थाको सुरुआत गरेको एमालेको ठहर छ । सर्वोच्चको आदेशपछि धेरैले राष्ट्रपतिले आदेश कार्यान्वयन नगर्नेसमेत आशंका गरेको थिए । तर, राष्ट्रपतिले आदेश कार्यान्वयन त गरिन् तर, खुला दिलले फैसलाको कार्यान्वयन नगरेको टिकाटिप्पणी हुन थालेको छ । कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले संविधानको धारा नखुलाएकाले त्यस्तो टिप्पणी गरिएको हो । उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिन गरिएको प्रेस विज्ञप्तिमा ‘सर्वोच्च अदालतको फैसलाअनुसार’ नियुक्त गरिएको उल्लेख गरिएको छ । संविधानको धाराअनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि प्रतिनिधिसभाबाट आउनुपर्ने, तर देउवा अदालतको फैसलाअनुसार नियुक्त गरिएकाले सोही व्यहोरा लेखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तर, राष्ट्रपतिको भाषामा सहमति जनाउँदै देउवाले शपथ नलिने अडान राखेका थिए । उनले मुख्यसचिव शंकरदास बैरागीलाई आफ्नो निवासमै बोलाएर विज्ञप्तिको भाषा सच्याउन निर्देशन दिएका थिए । देउवाले धारा ७६(५) अनुसार नियुक्ति गरिएको उल्लेख नगरेसम्म शपथ नलिने अडान लिएपछि शपथग्रहण समारोह निर्धारित समयभन्दा दुई घन्टा ढिलो भएको थियो । पछि राष्ट्रपति अदालतको परमादेश र संविधानको धारा ७६(५) अनुसार नियुक्त गरिएको बताएपछि देउवाले शपथ लिएका थिए । देउवाको शपथग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी ओली र जसपा नेता महन्थ ठाकुर भने सहभागी भएका थिएनन् ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०२:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP