Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन, ‘चित्त बुझे अन्यलाई समर्थन’
कांग्रेस महाधिवेशन, ‘चित्त बुझे अन्यलाई समर्थन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २७, २०७८
Chitta
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४औँ केन्द्रीय महाधिवेशनको चटारोमा छ । आगामी १६ देखि १९ भदौसम्म हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूबीच नेतृत्वमा स्थापित हुनका लागि डौडधुप चलिरहेको छ । कांग्रेसको आगामी नेतृत्वका लागि करिब एक दर्जन नेताले चाहना व्यक्त गरिसकेका छन् । उनीहरूले आफू सभापति पदमा उठ्ने भन्दै एकल तथा सामूहिक वार्ता र छलफललाई अगाडि बढाएका छन् । कांग्रेसको आगामी नेतृत्वका लागि सभापति शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल स्वभाविक दाबेदार हुन् । यसअघि १३औँ महाधिवेशनमा नेतृत्वका लागि देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिष्पर्धा भएको थियो । तर, पहिलो चरणबाट सिटौला आउट भएपछि दोस्रो चरणको निर्वाचनमा पौडेल, देउवासँग पराजित भएका थिए । १३औँ महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवार रहेका पौडेल पराजित भए पनि उनको टिमका डा.शशांक कोइराला महामन्त्री पदमा विजयी बनेका थिए । १३औँ महाधिवेशनपछि पार्टी र अन्य मोर्चामा समेत खास जिम्मेवारी नपाएका पौडेल फेरि कांग्रेसको सभापति बन्नका लागि जोडतोडका साथ लागेका छन् । सभापतिमा पराजित भएलगत्तैदेखि उनले अर्कोपटक सभापति बन्न तयारी थालेको कांग्रेसवृत्तमा चर्चा चल्ने गरेको थियो । तर, यसपटक कोइराला परिवारसहित संस्थापनइतरको सभापतिको उम्मेदवार बन्ने उनको चाहना सहजै पूरा हुने देखिँदैन । कारण, संस्थापनइतरको साझा उम्मेदवार बन्न उनीसँगै सिटौला, महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंहलगायत तम्सिएका छन् । यसअघि देउवा क्याम्पमा रहेका विमलेन्द्र निधिसमेत संस्थापन इतरको साझा उम्मेदवार बन्न प्रयत्नशील छ । सभापति देउवाले समर्थन गर्ने अपेक्षा गरेका उनी देउवाबाहेकको गठबन्धन निर्माण गर्ने कसरतमा छन् । त्यसैले पौडेलको चाहना यसपटक सजिलै पूरा हुने देखिँदैन । सर्वसम्मत संस्थापनइतरको उम्मेदवार बन्ने मौका नपाउने सम्भावना बढिरहँदा पौडेल आफैँले चित्तबुझ्दो कारण पाए अन्य व्यक्तिलाई सभापति पदमा समर्थन गर्नसक्ने बताएका छन् । पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेकोमा जोड दिँदै नेता पौडेलले शनिबार सञ्चारकर्मीहरूलाई अन्य व्यक्तिलाई समर्थन गर्नसक्ने बताएका हुन् । क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको स्थानमा अनुगमन गर्न पुगेका नेता पौडेलले संवाददाताहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । नेता पौडेलले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताएका छन् । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको उनले जानकारी दिए । ‘समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको छ,’ उनले भने । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न तयार रहेको उनले खुलासा गरेका छन् । तर, आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो । नेता पौडेलले महाधिवेशनको लागि आवश्यक आधारको रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास आफूले लिएको बताएका छन् । २३ भदौ अगाडि पार्टीको महाधिवेशन नगरे संविधानविपरीत हुने र पार्टीमाथि नै प्रश्नचिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए । संस्थापन पक्ष पनि छलफलमा कांग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यबीच १४औँ महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा संस्थापन पक्षका तेस्रो तहका नेताहरूबीच वर्तमान सभापति देउवालाई फेरि जिताउने विषयमा छलफल भएको हो । नेता वीरबहादुर बलायरको अग्रसरतामा देउवा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको भेला भएको एक नेताले बताएका छन् । छलफलमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीलगायत सहभागी थिए । छलफलको सुरुमा बलायरले विषय प्रवेश गर्दै देउवालाई जिताउन सबै आ–आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नुपर्ने बताएका थिए । उनको भनाइ उदृत गर्दै एक नेताले भने, ‘हामी महाधिवेशनको संघारमा छौँ । आपसी एकता नै हाम्रो ताकत हो । पार्टीलाई पुरानो अवस्थामा पु¥याउने शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्छु भन्नुभएको छ । उहाँलाई जिताउनु पर्छ । जिताउनका लागि हामी साथीहरू एकीकृत भएर आ आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’ यस्तै नेता खाणले पनि सभापति देउवालाई जिताउन जुट्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘विकसित वर्तमान राजनीतिक घटनाक्रमको शक्ति केन्द्रमा शेरबहादुर देउवा हुनुहुन्छ । उहाँलाई पार्टी सभापतिमा जिताउँदा हामी सबैका लागि सुखद नै हुन्छ ।’ देउवाले फेरि सभापतिमा दोहोरिन आन्तरिक तयारी अगाडि बढाइसकेका छन् । उनले यसअघि सात प्रदेशकै केन्द्रीय पदाधिकारी र सदस्यसँग छलफल गरेर उम्मेदवारी घोषणा गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०३:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP