Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा एमाले विवाद सल्टाउनै मुश्किल
नेकपा एमाले विवाद सल्टाउनै मुश्किल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २५, २०७८
UML
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद सल्टिने पथतिर अघि बढाउन सकस भइरहेको छ । खासमा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो अडानबाट २० बाट १९ सम्म पनि तल झर्न नमान्दा विवाद सल्टिनै मुश्किल भएको हो । पछिल्लो समय दुई नेताहरूकै चाहनामा यसअघि एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल ब्यूँताएर चार दिनदेखि लगातार छलफल गर्दा पनि कुनै ठोस सहमति हुन सकेको छैन । दोस्रो तहका नेताहरू सम्मिलत सो कार्यदलका सदस्यहरूबीच लगातार छलफल गरे पनि यसले कुनै निर्णय गर्न सकेको छैन । यसैबीच, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार बसेको बैठकपछि कार्यदलका सदस्यहरूले साँझसम्म सहमति हुने दाबी गरे पनि त्यस्तो हुन सकेको छैन । कार्यदलमा ओली पक्षको संयोजक रहेका सुवास नेम्वाङले त बिहीबार नै निष्कर्षमा पु¥याउने जोड रहेको बताएका थिए । त्यस्तै, नेपाल समूहबाट कार्यदलमा रहेका गोकर्ण विष्टले लगभग समाधानको विन्दुमा पुगेको दाबी गरेका थिए । तर, बिहीबार साँझ उनीहरूले भनेझैँ परिणाम भने निस्कन सकेन । नेताहरूले त साँझ सहमति जुट्छ भने पनि बिहीबार अनौपचारिक छलफल गरेरै समय कटान भएको एक नेताले बताएका छन् । बिहीबार साँझ ७ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक पनि बोलाइए पनि बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल अनुपस्थित रहेपछि सो बैठक निष्कर्षविहीन भएको बैठक सहभागी नेताहरूले बताएका छन् । छलफलका लागि जम्मा भएका सदस्यहरू उहि १० दिन अघिदेखिको कुराभन्दा अरु केही नभएको कार्यदलका सदस्य एवं एमाले अर्का उपमहासचिव घनश्याम भुसालले बताएका छन् । उनका अनुसार अनौपचारिक छलफलमा १० दिनअगाडिका एजेन्डाहरूमाथि भएको र त्योभन्दा अघि केही भएको छैन । सहमति जुटाउने भन्दै बसेको बैठकले औपचारिक रूप लिन नसकेपछि निरास देखिएका उपमहासचिव भुसालले १० दिनदेखि अल्झेको विवाद समाधानतिर जान नसकेको बताए । उपमहासचिव भुसालले यस्तो निरासापन पोख्दै गर्दा कार्यदलका केही सदस्यहरूले भने पछिल्ला बैठकहरूपछि ‘आजै सहमति जुट्छ’ भन्दै आएका थिए । बताइए अनुसार दोस्रो तहका नेताहरूबीच भएको छलफल लामो समयदेखि सकारात्मक नै छ । तर बुँदागत रूपमा कुन विषयमा के गर्ने भन्ने टुंगिएको छैन । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ ०७५ मा कायम रहेको पार्टी तथा जनवर्गीय संगठनलाई कायम गर्नुपर्ने र एकपक्षीय रूपमा गरेका निर्णयहरू खारेज गर्नुपर्ने माग राखेको छ भने ओली पक्षबाट भने निसर्त आफूहरूलाई सहयोग गर्नुपर्ने बताउँदै आएको छ । छलफलका क्रममा ओली पक्षका नेताहरू सकारात्मक पनि देखिन्छन् । तर जेठ २ मा फर्किँदा जनवर्गीय संगठनहरूको नेतृत्व, केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रवेश नै गर्न नचाहेपछि एमालेको विवाद समाधानतिर अघि बढ्न सकेको छैन । वास्तवमा पुरानो कार्यदल ब्यूँतिए पनि भएका छलफलहरूको अवस्था पनि योभन्दा खासै फरक भएको छैन । उनीहरूको जोड या त सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा भएको हस्ताक्षर फिर्ता लिने वा एमाले एक भइसक्यो भन्ने सन्देश दिनेमा मात्र देखिएको नेपाल पक्षको आरोप छ । तर, बिहीबारको बैठकमा उपमहासचिव पौडेल अुनपस्थित नभएपछि नेपाल पक्ष सशंकित भएको छ । ओली पक्षले साँच्चै सहमति चाहेको हो भने मन्त्रिपरिषद बैठक रोकेर पनि पौडेल बैठकमा आउनु पर्ने नेपाल पक्षको भनाइ छ । अहिले ओली पक्ष एमाले एकताभन्दा सर्वोच्च अदालत र विपक्षी गठबन्धनलाई प्रभावित गर्नेतिर मात्र गएको नेपाल पक्षको आरोप छ । विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिबिनै सकिएपछि अब बैठकप्रति नेपाल पक्षले विश्वास गर्न छाडेको छ । तर, एमाले नेता नेम्बाङले शुक्रबार बस्ने बैठकले निष्कर्ष निकाल्ने बताएका छन् । बिहीबारको बैठकमा कार्यदलका सदस्य पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए । मन्त्रिपरिषद् बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित हुन नसक्ने बताएर बैठक शुक्रबार बिहान साढे ११ बजे बस्ने सहमति भएको बताइएको छ । अनौपचारिक रूपमा १० दिन अघिदेखि तयार पारेको मस्यौदामा अहिलेसम्म कार्यदल प्रवेश गर्न नसक्दा एमाले विवाद समाधान हुनेमा एमालेकै कतिपय नेताहरूले शंका गर्न थालेका छन् । वरिष्ठ नेता नेपाल पक्षले २ जेठ अघिको एमाले हेर्न चाहेको भए पनि अध्यक्ष ओलीले भने माओवादीबाट एमालेमा आएका नेताहरूलाई कुनै पनि मूल्य र मान्यतामा एमालेमा स्थापित गर्न चाहँदा सहमति हुन सकेको छैन । नेपाल पक्षधरहरूको मागलाई बेवास्ता गर्दै आएका ओली पक्षधरले भने एमालेबाट चुनाव जितेकाहरूले एमालेलाई निसर्त सहयोग गर्नुपर्ने भन्दै आएका छन् । त्यसअघि बिहीबार कार्यदलका सदस्यहरू वार्ता रोकेर छुट्टाछुट्ट छलफलमा जुटेका थिए । नेपाल पक्षका कार्यदल सदस्यहरू सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा बसेका थिए, भने ओली पक्षका कार्यदल सदस्यहरू प्रधानमन्त्री कार्यालयमा बसेका थिए । पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । विहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ । यही क्रममा बुधबार राति मेरियट होटलमा अध्यक्ष ओली र नेता नेपालबीच पनि वार्ता भएको थियो । वार्तामा दुवै नेताहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP