Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार गैरजिम्मेवारः विपक्षी दल
सरकार गैरजिम्मेवारः विपक्षी दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १८, २०७८
radheshyam
Hardik health
काठमाडौं– गत ८ जेठमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि राजनीतिक संकट चुलिएको छ । उक्त निर्णयविरुद्ध विपक्षी गठबन्धनसहित कानुन व्यवसायी सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएपछि संवैधानिक इजलासमा त्यसको सुनुवाइ भइरहेको छ । यसपटक समय नै तोकेर बहस थालिएकाले चाँडै सर्वोच्चले यसको फैसला गर्नेछ । प्रतिनिधिसभा नभएको अवस्थामा बिहीबारदेखि सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशनमा प्रतिपक्षी दलका सांसदले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको कदमप्रति असहमति प्रकट गर्दै प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले चुनावमा जान प्रतिपक्ष हौसिनुपर्ने भए पनि हौसिन अवस्था नरहेको बताएका छन् । अधिवेशनको पहिलो बैठकमा अधिकारीले प्रश्न गरे, ‘के सरकारको निषेधाज्ञा तोडेर चुनावमा जान भनिएको हो ? कोभिड कहिले सकिन्छ ? सिडिओले शासन कहिलेसम्म चलाउने हो ?’ प्रधानमन्त्रीले पार्टी विभाजन गरेको, आङ्खनो सहकर्मीसँगै राख्न नसकेकोले कसरी प्रतिपक्षसँग सहकार्य गर्न सक्लान् ? भन्ने अधिकारीको प्रश्न थियो । उनले भने, ‘राष्ट्रपतिको गरिमा पनि घटेको छ कि बढेको छ ? राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीले मात्र कहिलेसम्म जोगाउने हो ? सरकार कोप्रति जवाफदेही छ ?’ प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले तीनवर्षे कार्यकालमा स्वतः प्रतिस्पर्धालाई तिलाञ्जली दिएर प्रधानमन्त्रीले अध्यादेश राज गरेको आरोप अधिकारीको छ । अधिकारीले अझै कोरोनाको जोखिममा नेपाल रहेकाले खोप नै प्रमुख नियन्त्रणको उपाय भएको बताएका छन् । ‘अहिले लगाइएको खोप हात्तीको मुखमा जिराजस्तै भएको छ । खोप ल्याउने भनेर सरकारले प्रचार गरे पनि खोप आउन सकेको छैन ।’ प्रतिनिधिसभा विघटन गर्नु दुःखद भएको अधिकारीले टिप्पणी गरेका छन् । राजनीतिक मुद्दा राजनीतिकरूपमा हल हुन नसके अदालतले हेर्न पाउनु स्वभाविक भएको बताउँदै आज पनि हेर्ने र भोलि पनि हेरिने बताए । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले खिल्ली उडाएको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा नेता शर्माले प्रतिनिधिसभा विघटनप्रति लक्षित गर्दै प्रतिगमन सबैभन्दा ठूलो संकट भएको टिप्पणी गरे । ‘के यो प्रणाली प्रधानमन्त्रीय प्रणाली हो ? राष्ट्रपतीय प्रणाली हो ? पक्कै पनि होइन । राष्ट्रपतिले अभ्यास गर्ने प्रणाली होइन र प्रधानमन्त्रीले पनि होइन । प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ,’ शर्माले भने । दुई तिहाईको दम्भ गरेर पार्टीलाई पनि जोगाउन नसकेको, जनप्रतिनिधिको संस्थालाई पनि जोगाउन नसकेको भन्दै यसमा सबै जवाफदेही भए पनि जिम्मेवारी नेतृŒवले लिनुपर्ने शर्माको भनाइ छ । अध्यादेशबाट शासन चलाउन खोज्दा ‘महेन्द्रपथ’ आउने शर्माको टिप्पणी छ । उनले निर्दलीयताको अभ्यासमा देश चलाउन खोजिएको भन्दै अदालतले संविधानको रक्षा गरेकामा आपत्ति जनाउन जरुरी नभएको बताएका छन् । सत्तारुढ नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले राजनीतिक समस्याको निकास अदालतबाट हुन नसक्ने जिकिर गरेका छन् । संसदीय दलको नेतासमेत रहेका प्याकुरेलले बैठकमा राजनीतिक विवादको निरूपण राजनीतिक रूपमै गर्नुपर्नेमा जोड दिए । ‘अन्तबाट राजनीतिक समस्या समाधान गर्न खोजियो तर खोज्नुहुन्न । पछिल्लो समय न्यायपालिका हावी भएको छ,’ उनले भने । कतिपय कानुनविद्ले संविधानको मुल मर्मविपरीत वकालत गरिरहेको भन्दै प्याकुरेलले ध्यानाकर्षण गराए । आगामी वर्षको बजेटको प्रशंसा गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर जनतामाझ जाने प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका छन् । १६ अध्यादेश पेस राष्ट्रियसभाको बिहीबारको बैठकमा विभिन्न १६ वटा अध्यादेश पेस भएका छन् । आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, ०७७ तथा शपथसम्बन्धी अध्यादेश, ०७८ अध्यादेश पेस गरेका छन् । त्यस्तै मन्त्री श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, ०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, ०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, ०७८, पेस गरेका थिए । यसैगरी उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, ०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, ०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, ०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, ०७८, आर्थिक अध्यादेश, ०७८, विनियोजन अध्यादेश, ०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, ०७८ बैठकमा पेस गरेका थिए । मन्त्री नेम्वाङले रेल्वे अध्यादेश, ०७८ पनि बैठकसमक्ष पेस गरेका छन् । बिहीबारकै बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, ०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, ०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, ०७८ पेस गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP