Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नजिकिँदै कांग्रेसको सत्तारोहण, बूढानीलकण्ठमा कम्युनिस्टहरूको देउसी
नजिकिँदै कांग्रेसको सत्तारोहण, बूढानीलकण्ठमा कम्युनिस्टहरूको देउसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २४, २०७८
Hardik health
काठमाडौं– मंसिर ०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारका क्रममा नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भनेका थिए ‘अब कमसेकम ३० वर्ष नेपालमा नेपाली कांग्रेसको कोही पनि प्रधानमन्त्री हुने छैन, यो देशमा कांग्रेस बत्ति बालेर खोज्नुपर्नेछ ।’ एमाले र नेकपा माओवादी केन्द्रबीच संयुक्त घोषणापत्र बनाएर निर्वाचनमा होमिदा समर्थन पनि पाएकै हो । पार्टी एकीकरण गर्ने घोषणासहित गरिएको वाम तालमेललाई मतदाताले झण्डै दुई तिहाई मतसहित विजयी गराए । त्यसबेला ओलीको भविश्यवाणी ठीक भएको धेरै कोणबाट विश्लेषण हुने गरेको थियो । कार्यकर्ताहरू उत्साहित भएका थिए । तर, हिजो आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई तार वर्ष अगाडिको आङ्खनै अभिव्यक्तिले गिज्याँरहेको भान हुन थालेको छ । गत निर्वाचनमा बहुमत पाएको एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण पनि भयो । तर, उक्त एकीकरण दुई वर्ष पनि राम्ररी नटिक्दा कांग्रेस फेरि एक पटक सत्ताको मियो बन्न पुगेको छ । हुन त गत निर्वाचनपछि वाम पार्टीहरूको सुविधाजनक बहुमत थियो । सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिका कांग्रेस खासै सशक्त देखिएन । कांग्रेसले सदनमा प्रभावकारी उपस्थिति जनाउन नसकेको, प्रतिपक्षीको रूपमा एकदम कमजोररूपवमा प्रस्तुत भएको आलोचना खेपिरह्यो । बरु आङ्खनै पार्टीको सरकारविरुद्ध तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रतिपक्षीभन्दा बढी विरोध गरेको सुनियो । सदनमा शालिन र शान्त देखिएको कांग्रेस कम्युनिस्ट पार्टीहरूको आन्तरिक विवादका कारण सत्ताको मियोमा आइपुगेको हो । एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले २३ फागुनमा भंग गरिदिएपछि त झन् कांग्रेसको भागमा सत्ता लडेर आइपुगेको छ भन्दा पनि फरक पर्दैन । ५ पुसमा प्रधानमन्त्री ओलीले भंग गरेको संसद अदालतले ११ फागुनमा पुनस्र्थापना गरिदिएपछि त्यसको भोलिपल्टै दाहाल र नेपाल बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । त्यसयता माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई तथा एमालेकै नेपाल–खनाल पक्षले दर्जनौँपटक देउवालाई भेटेर प्रधानमन्त्री बनिदिन आग्रह गरिसकेका छन् । प्रतिपक्षी दलले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अनुमानका बीच ओली आफैँले सदनमा विश्वासको मत मागेपछि देउवाल जबरजस्तरूपमा सत्ताको केन्द्रमा आइपुग्न लागेका छन् । २७ वैशाखमा बोलाइएको विशेष अधिवेशनको मिति नजिकिँदैल जाँदा देउवा निवासमा कम्युनिस्ट नेताहरूको लाम लाग्न थालेको छ । बुधबार प्रधानमन्त्री ओली दलबलसहित विश्वासको मत माग्न देउवा निवास पुगेको थिए । उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतको विश्वासपात्रहरूको टोली लिएर ओली देउवा निवास पुगेका थिए । ओलीले भेटमा विश्वासको मत दिन नभए पनि २७ वैशाखपछि लोकतन्त्रको रक्षाका लागि एकता र सहकार्य जारी राख्न आग्रह गरेका थिए । उनको आशय विश्वासको मत नदिए पनि समयअगावै निर्वाचनको वातावरण बनाउन सहयोग गर्नु थियो । बिहीबार देउवा निवासमा ‘देउसी खेल्न’ एमालेकै वरिष्ठ नेता नेपाल पुगेका थिए । अघिल्लो दिन एमालेकै अध्यक्षले विश्वासको मत माग्दा अर्को दिन नेपालले भने वर्तमान सरकारलाई विश्वासको मत नदिन आग्रह गरे । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन् । उनीहरूबीच करिब एक घण्टा बढी छलफल भएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरूबीच छलफल भएको बुझिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । दाहाल र यादवले ओलीका थप प्रतिगामी कदम रोक्न देउवासँग वार्ता गर्न सुझाएका थिए । सोहीअनुसार नेपालले बिहीबार विहानै देउवासँग भेटका लागि समय मागेका थिए । नेपाल देउवासँगको छलफल सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । कम्युनिस्ट पार्टीहरूमा देखिएको आन्तरिक झगडाले कांग्रेसलाई सत्तामा स्थापित गरिरहेको धेरैको अनुमान छ । प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा वैकल्पिक सरकार कांग्रेस सभापति देउवाकै नेतृत्वमा बन्ने वा त्यसो हुन नसकी मध्यावधि निर्वाचन भएको अवस्थामा पनि कांग्रेसले ठूलो दल बन्ने अवस्था रहेकाले कांग्रेसको सत्तारोहनको समय नजिकिएको धेरैको अनुमान छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP