Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बैठकः विस्तारित संरचना यथावत्
एमाले बैठकः विस्तारित संरचना यथावत्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ७, २०७८
uml meeting
Hardik health
काठमाडौं– नेकपा एमालेले गत पुसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला बनेको कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रूपमा यथावत् राख्ने भएको छ । सोमबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा विवादका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मनोनित गरेको सबै केन्द्रीय सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका रूपमा रूपान्तरण गरेको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगठनात्मक प्रस्तावमा ती कमिटीहरूलाई आम रूपमा यथावत् राखिने उल्लेख गरिएको हो । नेकपाको विवादका बेला दाहाल–नेपाल पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम् पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरूप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटूतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रूपमा यथावत् राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरूलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम् पहल गर्ने र त्यसरी फर्किने कमरेडहरूलाई आवश्यकता र योग्यता अनुरूप उपयुक्त जिम्मेवारी दिने ।’ एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् । जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरूको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । प्रतिवेदनमा नेकपाको तीनवर्षे कार्यकालको समीक्षासमेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानुनी हिसाबले पार्टी एकता टुंग्याएको भए पनि राजनीतिक र संगठनात्मक रूपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ । मनोनित केन्द्रीय कमिटी रापसमा परिणत प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरू राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् । बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो । नेकपा एमालेमा केन्द्रीय कमिटीभन्दा मुनिको पार्टी संरचनामा राष्ट्रिय परिषद्् रहन्छ । साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा अध्यक्ष ओलीले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका थिए । नेपालसहित २० जनालाई स्पष्टीकरण बैठकले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वालालगायत कर्णाली प्रदेशमा ङ्खलोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको बैठकले ज्वालासहितका सांसद र ‘ङ्खलोर क्रस’ गर्न लगाउने थप २० जनालाई दुई दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित २० जना छन् । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने बताइएको छ । कानुनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि दुई दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारबाही हुने अध्यक्ष ओलीले बैठकमा बताएका छन् । दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक २५ देखि २७ साउनसम्म राख्ने निर्णयसमेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ । बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन र विभागीय जिम्मेवारी तोक्नका लागि संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदल गठन गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका छन् । सोमबारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहँदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०६:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP