Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी पारितपछि देउवा प्रधानमन्त्री
एमसिसी पारितपछि देउवा प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ६, २०७८
Hardik health
काठमाडौं– ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा सर्वोच्च अदालतले ११ फागुनमा ब्यूँताइदियो । प्रतिनिधिसभा ब्यूँतिएलगत्तै १२ फागुनमा तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री बन्न प्रस्ताव गरे । उनीहरूले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र नयाँ सरकारको नेतृत्व गर्न देउवालाई प्रस्ताव गरेका थिए । देउवा दाहाल–नेपालको प्रस्तावमा उतिसारो सकारात्मक बनेन् । देउवालाई दाहाल–नेपालले मात्र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादवले समेत प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेका छन् । विपक्षी दलले मात्र होइन, आङ्खनै पार्टीको अर्को खेमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षका नेताहरूले समेत अहिलेको सरकारको विकल्प खोज्नुपर्ने र नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने लाइनमा छन् । तर, देउवा प्रतिनिधिसभा पुनस्र्थापना भएको करिब दुई महिना बित्न लाग्दासम्म नयाँ सरकार गठनमा रुचीपूर्वक लागेका छैनन् । ‘सत्ताबाहिर रहन नसक्ने’ आरोप लाग्ने गरेको उनलाई प्रधानमन्त्री पदप्रति आशक्ति नहुनुको कारण भने अझैंसम्म अदृश्य छ । पार्टीभित्र र विपक्षी दलहरूले समेत साथ दिँदा देउवाले प्रधानमन्त्री बन्न रुची नदेखाउनुलाई आश्चार्यको रूपमा हेर्नुपर्ने विश्लेषकहरूको मत छ । त्यसो त, सरकारविरुद्ध विपक्षी गठबन्धन बनेको अनुमान पनि गरिएको छ । विपक्षी दलहरूबीच बनेको गठबन्धनले केन्द्रमा खास कमाल केही नदेखाए पनि यसको प्रभाव कर्णाली प्रदेशसभामा देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावमा सबै विपक्षी दल मात्र एक ठाउँमा उभिएनन्, नेकपा एमालेकै माधव नेपाल पक्षका चार प्रदेशसभा सदस्यले ङ्खलोर क्रस गरेर शाहीको सरकार बचाइदिए । प्रदेशसभामा गठबन्धन गरेको दलहरूबीच केन्द्रमा भने तालमेल देखिएको छैन । देउवाको चाल सर्वोच्च अदालतले भंग गरिदिएको नेकपामा विवादको एउटा प्रमुख विषय अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ पनि थियो । अमेरिकाले नेपाल सरकारलाई सहयोग दिने भनेको एमसिसी संसदबाट पारित गराउन सरकार लागिपरेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी सम्बन्धी विधेयक संसदमा प्रस्तुत नै गरेनन् । त्यसैले सरकार सभामुखको भूमिकाप्रति असन्तुष्ट छ । शनिबार प्रधानमन्त्री ओलीको आह्वानमा बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले संसदमा एमसिसी चाँडो प्रस्तुत हुनुपर्नेमा जोड दिएको थियो । कांग्रेस वरिष्ठ नेता पौडेलले एमसिसी कांग्रेसको एमसिसी संशोधन गरेर भए पनि पारित गर्नुपर्ने धारणा राखेका थिए । ‘सभामुखलाई बिजनेस दिने काम सरकारको हो, त्यसकारण कार्यव्यवस्था परामर्श समितिमा सरकारले एमसिसी प्रस्तुत गरोस्,’ पौडेलले भनेका थिए, ‘एमसीसी सम्झौता कांग्रेसकै पालामा भएको हो ।’ एमसिसी नेपालको हितमा नभएको भन्दै ठूलो समूहले यसलाई पारित गर्न नहुनेमा जोड दिँदै आएको छ । तर, सरकारलाई विवादित एमसिसी पारित गर्ने चाहना छ । कांग्रेस पनि सुरुदेखि नै एमसिसी पारित गर्नुपर्ने पक्षमा छ । तर, एमसिसी पारित गर्दा मुलुकभित्रको ठूलो तप्काले विरोध गर्ने भएकाले त्यसको अपजस नलिने पक्षमा देउवा रहेको धेरैको अनुमान छ । त्यसैले यही सरकारलाई संसदमा एमसिसी पारित गर्न लगाएर त्यसको अपजस ओलीलाई बोकाएर देउवा सत्तारोहनमा लाग्ने धेरैको अनुमान छ । देउवाको सत्तारोहनमा विपक्षी दलहरूका साथै एमालेकै पनि नेपाल खेमाका सांसदहरूले साथ दिने अवस्था देखिन्छ । कर्णालीमा प्रदेशसभामा जस्तै संघीय संसदमा पनि नेपाल खेमाका सांसदहरूले ङ्खलोर क्रस गर्ने धेरैको अनुमान छ । यदि ङ्खलोर क्रस गर्ने अनुमान भएमा ओलीले नेपाल खेमाका सांसदहरूलाई पहिले नै निलम्बन गर्न सक्छन्, त्यस्तो अवस्थामा पनि देउवालाई बहुमत पुर्याउन झन् सहज हुनेछ । त्यसैले संसदबाट एमसिसी पारित भएलगत्तै देउवाले प्रधानमन्त्री बन्न कसरत गर्ने कुरामा धेरैजना विश्वस्त छन्, त्यसैले एमसिसी पारित नभएसम्म सरकार गठनका विषयमा देउवाको चाहना कम देखिनुलाई स्वाभाविक मान्ने पंक्ति पनि ठूलो छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP