Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘कांग्रेसको नेतृत्वमा सरकार’
‘कांग्रेसको नेतृत्वमा सरकार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०७७
sashanka_koirala_dIvSfzp7k1
Hardik health
काठमाडौं– अब नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा अब सरकार बनने नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अब सभापति देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका हुन् । उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो । जसपासँग छलफल भइरहेको र उनीहरू पनि आन्तरिक छलफलमा रहेको र छलफलले कांग्रेसलाई सघाउने करिब करिब निश्चित भएको बताए । जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताएका छन् । फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।’ अविश्वासको प्रस्ताव दर्तामा समस्या यता, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको स्वीकार गरेका छन् । शनिबार कर्णाली प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अविश्वासको प्रस्तावमा ठोस रूपमा कतैबाट समर्थन पाउन नसकेको खुलासा गरेका हुन् । उनले २५ प्रतिशत नपुग्दा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको बताएका छन् । उनले अदालतले पार्टी विघटन गरिदिए पनि एकताको झन्डा उठाइराख्नुपर्ने बताए । ५ पुसको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट विस्थापित गरेको बताएका छन् । तर, अदालतले पार्टी नै विघटन गरेपछि उनले कमजोर भएको महसुस पनि गरे । उनले विघटित नेकपाका माधवकुमार नेपाल समूहसँग गहिरो माया–प्रीति भइरहेका बेला अदालतले ’डिभोर्स’ गराइदिएको बताए । उनले नेकपा निर्माणपछि आङ्खनो समूह, हिजोका लडाकु, संरचनामा ध्यान दिन नसकेको र त्यसको अनुभूत अहिले भित्र–भित्रै भइरहेको पनि बताए । कर्णाली प्रदेश हिजो, जनयुद्धकालमा आधारा इलाका रहेको र अहिले पनि हुन सक्ने बताए । तीन दलमाथि खनिए प्रधानमन्त्री यता, सत्ता परिवर्तनको खेलमा लागेको भन्दै तीन दलमाथि प्रधानमन्त्री ओली खनिएका छन् । प्रधानमन्त्री ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गर्न भ्याए । नेपाली कांग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरूलाई विकास विरोधीको संज्ञा दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् । भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दाबी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको टिप्पणी गरका छन्े । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरूलाई ‘शकुनी’को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरूपयोग गर्ने ‘शकुनीका गोटी’ नै आफूले ङ्खयाँकिदिने चेतावनी दिए । सरकार परिर्वतनका प्रयासहरू भइरहेको भन्दै सरकार परिर्वतन गर्न खोज्नेहरूलाई सोधे, ‘सरकार किन परिर्वतन गर्नुप¥यो ? पुनर्निर्माणका काम अघि बढीरहेकाले हो ?’ आफूले ३ सय ९ वटा अस्पतालको एकैचोटी शिलान्यास गरेर धमाधम बन्दै गरेको भन्दै त्यसकारणले सरकार ढाल्न खोजिएको उनले आरोप लगाएका छन् । १ सय ६५ वटा बाटाहरू एकैपटक शिलान्यास गरेको भन्दै विकास नचाहनेहरूले आफूलार्ई गिराउन चाहेको पनि बताए । मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरूपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरेका छन् । उनले राजनीतिमा देखिएका शकुनीहरूले संसदको अंक गणितलाई आङ्खनो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै ङ्खयाँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे । पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आइपुग्ने दाबी गरे । सम्मृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघि बढेका र सिसीमा औषधी बेच्ने बीचको भेद् खुट्टयाउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई व्यंग्य गरे ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP