Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘पार्टीमा विवाद छैन’
‘पार्टीमा विवाद छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०७७
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै विवाद नभएको स्पष्ट पारेका छन् । बुधबार स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औँ दिनको पूण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिले पनि पनि संकटमा नरहेको स्पष्ट पारे । उनले पार्टीका नेता÷कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन पनि आग्रह गरेका छन् । उनले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन ।’ उनले अगाडि भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भँमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । पार्टी जित÷हारले संकटमा नभई धेरैपटक हामी हारेका छौँ । धेरैपटक जितेका पनि छौँ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैँले आफैँलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’ यसैबीच, बुधबार नै झापा पुगेका सभापति देउवाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेको बताएका छन् । संख्या निश्चित भए आफैँ प्रधानमन्त्री बन्नबाट नभाग्ने उनले बताए । ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ,’ बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद यामबहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले भने, ‘संख्या निश्चित हुनुपर्यो, संख्या ।’ उनले अघि भने, ‘संख्या निश्चित भएको खण्डमा पुनः धोका नहुने किसिमको हुनुपर्यो । हामी भाग्ने कुरा छैन ।’ नेपाली कांग्रेसको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आङ्खनै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । तर, देउवाले अग्रसरता नलिएको नेताहरुले बताइरहँदा देउवाले भने माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए । ‘प्रधानमन्त्री बन्नु प¥यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उनले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त, के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्यो नि ।’ तर, यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिबाट चासो नलिइँदा आङ्खनै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय अलपत्र परेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरेर आङ्खनो नेतृत्वमा सरकार बनाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय अलपत्र परेको छ । ६ दिनअघि केन्द्रीय कार्यसमितिको बैठकले आङ्खनो नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय औपचारिक निर्णय लिए पनि कार्यान्वयनका गर्न नेताहरुले बेवास्ता गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउन सभापति देउवालाई पटक–पटक आग्रह गरे पनि उनी चासो दिएका थिएनन् । पार्टीभित्रैबाट वरिष्ठ नेता पौडेल पक्षले दबाब दिएपछि देउवाले निर्णय गराए पनि काम भने त्यसअनुसार नभएको नेताहरु नै स्वीकार गर्छन् । अनौपचारिक रुपमा जसपासँग कुरा गर्न नेता पौडेललाई जिम्मेवारी दिए पनि उनी सभापतिले नै चासो नदिँदा काम ठोस रुपमा अघि बढ्न नसकेको गुनासो गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP