Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चार मन्त्रीको सांसद पद खारेज
चार मन्त्रीको सांसद पद खारेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २५, २०७७
thumb
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रले दल परित्याग गरी नेकपा एमालेमा गएका आङ्खना चार सांसद्लाई कारबाही गरेको छ । माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभँ साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो । प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भइसकेको छ । ऊर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री रहेका भट्ट कैलाली–४, सहरी विकासमन्त्री रहेका साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली–३ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रले पार्टी र संसदीय दलबाट गरेको निर्णय तथा संसद सचिवालयलाई पठाएको पत्रमा कारबाही गर्नका कारण उल्लेख गरेको छ । त्यसमा मुख्यतया दुई कारण उल्लेख छन् । पहिलो नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा र राजनीतिक दलको प्रतिनिधित्व गर्नु पर्नेमा अन्य दल नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको बताइएको छ । दोस्रो, स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट समेत फिर्ता आउनु भनी निर्देशन दिइएकोमा तोकिएको समयभित्र स्पष्टीकरण नदिएको उल्लेख गरिएको छ ।  माओवादी केन्द्रको १ र २ चैतको केन्द्रीय समितिको निर्णयले प्रत्यायोजित गरेको अधिकार अनुसार अध्यक्ष पुष्पकमल दाहालले मंगलबार उनीहरुले दल त्याग गरेको ठहर गरी साधारण सदस्य पनि नरहने गरी निष्काशन गरेका हुन् । ‘दल त्यागको सुचना नेपाल कम्युनिस्ट पार्टी (माओवदी केन्द्र) प्रतिनिधिसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेस गर्नेसमेत निर्णय गरियो,’ अध्यक्ष दाहालले जारी गरेको सँचनामा भनिएको छ । त्यस्तै, माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभाका दुई सदस्यको पद रिक्त भएको छ । रुपन्देहीबाट निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीको पद रिक्त भएको जानकारी प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले गराएका हुन् । दुवै प्रदेशसभा सदस्यले एमालेको सदस्यता लिएको भन्दै माओवादी केन्द्रले कारबाही गरेर पद रिक्त गराउन प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । राजनीतिक दल सम्बन्धी ऐनबमोजिम उनीहरुको पद रिक्त भएको हो । लुम्बिनी पदेशको ८७ सदस्यीय प्रदेशसभामा २० सांसद रहेको माओवादी केन्द्रको अब १८ सिट बाँकी रहेको छ । न्यौपाने र पन्थीले आफूहरु पद त्याग्ने तर केपी ओलीको साथ नछाड्ने भन्दै एमालेमा समाहित भएका थिए । उनीहरु दुवै नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेको छन् । कर्णाली प्रदेश सरकार संकटमा कर्णाली प्रदेश सरकारमा रहेका एमालेका तीनैजना मन्त्रीले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताए । उनले भने, ‘एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गर्यो, त्यसलाई स्वीकार गरेर हामीले राजीनामा दिएका हौँ ।’ संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत ४ चैतमा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, नेपाल समुहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद छन् भने नेकपा एमाले २० सांसदसहित सबैभन्दा ठुलो दल छ, एमालेबाटै निर्वाचित राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०६:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP