Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीसँग झुकिँदैनः नेपाल
ओलीसँग झुकिँदैनः नेपाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०७७
Hardik health
काठमाडौं– सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि ब्यूँतिएको नेकपा एमालेभित्र आन्तरिक किचलो अझैँ समाधान हुने लक्षण देखिएको छैन । नेकपा माओवादी केन्द्रसँग एकीकृत रहेको बेला तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई घेराबन्दी गरिरहेका थिए । तर, अदालतले फैसलापछि ओली शक्तिशाली र नेपाल रक्षात्मक बनिसकेका छन् । नेपाललाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेका छन् । अदालतको फैसलापछि पनि नेपाल र दाहालको सम्बन्धनिकट नै रहेको छ । दुई नेताबीच पटक–पटक भेटवार्ता भइसकेको छ । नेपालसँग सहमतिमै अदालतको फैसला पुनरावलोकनका लागि दाहाल अदालत गए पनि अदालतले पुनरावलोकनको निस्सा दिएन । तर, पनि अध्यक्ष ओलीले पार्टीभित्र किनारामा पु¥याएसकेका नेपालको दाहाल मोह अझैँ बाँकी देखिन्छ । उनले आइतबार आङ्खनो स्वार्थ पूरा भएपछि ओलीले दाहाललाई लात्ताले हानेर फालेको आरोप लगाएका छन् । काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन भेलालाई सम्बोधन गर्दै नेपालले आफूलाई दाहालको मामुली कार्यकर्ता भनेकोमा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । हिजो प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले दाहालको चाकरी गरेको आरोप नेपालले लगाए । उनले भने, ‘के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्तिलाई अध्यक्षको रूपमा टाउकोमा राख्न अभिशप्त भएका छौँ ।’ ०७३ सालमा पनि दाहाललाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताएका छन् । ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोपसमेत लगाए । गत आमनिर्वाचनमा ओलीले आफूलाई काठमाडौंबाट चुनाव हराउन खोजेको र वामदेव गौतमलाई पराजित गरेको आरोपसमेत नेपालले लगाए । नेता नेपालले आफूहरू नै आधिकारिक पार्टी भएको बताएका छन् । कानुनी रूपमा एमाले आङ्खनो भएको र नभए विकल्प खोजिनेसमेत उनले घोषणा गरेका छन् । ओलीले फाल्दैमा आफूहरू नफालिने उनको भनाइ छ । उनले ओलीले नवौँ महाधिवेशनमा जालझेल र षड्यन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दाबी गरे । उनले भने, ‘कानुनी रूपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो, एमाले आधिकारिक हामी हौँ । हामी यसैलाई आधिकारिक मान्छौँ । कानुनले दिएन भने बेग्लै उपाय खोजौँला ।’ ओली एमालेको पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दाबी नेपालको छ । उनले आफूहरू ओलीसँग नझुक्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विकास निर्माणका नाममा प्रधानमन्त्री ओलीले तामासा देखाइरहेको आरोप पनि लगाएका छन् । नेता नेपालले शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको एकसाथ शुभारम्भ गरेकोमा पनि आपत्ति जनाएका छन् । उनले भने, ‘डिपिआर छैन, कति लागत हो त्यो पनि छैन । बालुवाटारमा बस्यो, स्वीच थिचेर शिलान्यास ग¥यो । सबै ठाउँमा नाम लेखाउन कस्तो रहर हो । कति फोटो टाँस्ने रहर हो । आङ्खनै कोठामा झुन्ड्याए भैगो नि, किन अरुलाई दुःख दिनु ?’ नेपालले अहिले भइरहेका उद्घाटन, शिलान्यासहरू तामासा मात्रै हुन् भन्दै यस्ता तमासाको कुनै अर्थ नरहेको समेत बताएका छन् । काठमाडौंमा समानान्तर कमिटी एमालेको नेपाल पक्षले संघीय राजधानी काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार काठमाडौंमा भएको सो पक्षकाको भेलाले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो । वागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर पुस ७ गते साबिक नेकपा विभाजनपछि दाहाल–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए । यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौं १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन् ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०७:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP