Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अघि बढ्यो कांग्रेस
अघि बढ्यो कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २२, २०७७
Hardik health
काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने संकेत देखाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आफैँले विघटन गरेको संसद अदालतबाट पुनस्र्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिक र राजनीतिक रुपमा राजीनामा दिनुपर्ने भए पनि नदिएकाले उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने निर्णय गरेको हो । यता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने दाबी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै राजीनामा नआए अविश्वास प्रस्ताव राखेर हटाइने उनले बताए । कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफैहरु प्रयासरत रहेको बताएका छन् । शुक्रबारको कांग्रेस बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय मात्र गरेन, उसले आङ्खनै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेपछि मुलुकको राजनीतिक दृष्य नै फेरिएको छ । सुरुदेखि नै कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै आएका वरिष्ठ नेता पौडेलको माग पनि पँरा भएको छ । शनिबारदेखि कांग्रेसले सरकारको नेतृत्व नै दाबी गरेर अघि बढेको देखिएको छ । अहिले कांग्रेसका हरेक नेताहरुले सरकारको नेतृत्व माग्न थालेका छन् । उता, महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिकचोकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर संघ प्रदेश नम्बर–१ को भेलामा उनले नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकटसँगै सरकार पनि संकटमा परेकाले कांग्रेसले शासन सत्ताको भार लिनुपर्ने बताए । महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई संकटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे । ‘पाँच वर्षका लागि कम्युनिस्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु¥याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ । तर, अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ,’ उनले भने । महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकास दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मँल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । शुक्रबारको कांग्रेसको निर्णयले सबैभन्दा बढी त्राण माओवादी केन्द्रलाई मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आङ्खनै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’ शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहालले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने बताए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली मधेसविरोधी भएको भन्दै उनले मधेसको मसिहा ठान्ने केही नेता मन्त्री बन्न ओलीको साथमा जान लागेको बताए । यता, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आङ्खनै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा.भट्टराईले सराहनीय भनेका हुन् । उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आङ्खनो कर्तव्य नभुलौँ । उता, शुक्रबारको कांग्रेस बैठकबाट प्रधानमन्त्री ओली गल्न थालेका छन् । उनले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिए आङ्खनो राजीनामा आउने बताएपछि उनी गलेकोे देखिएका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए । समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले अघि भने, ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’ उनले संसदको गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने तर्क गरे । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन खोजेको आरोपको पनि खण्डन गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालतर्फ संकेत गर्दै उनले संविधानले शान्तिपँर्ण परिर्वतनको बाटो दिएपनि जनतालाई भड्काउन नेतृत्व गरेका मान्छेले नै फाँसीवाद भन्न थालेको बताए ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०६:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP