Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल र रावल निलम्बित
नेपाल र रावल निलम्बित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०७७
madav and bhim rawal copy
Hardik health
काठमाडौं– गत शुक्रबार बसेको सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल समर्थित सांसदहरूसमेत सहभागी भएका थिए। खनालसहितका सांसदहरू प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा सहभागी भएपछि धेरैले एमाले विवादले सकारात्मक मोड लिन लागेको अनुमान गरेका थिए। तर, उक्त अनुमानविपरीत पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेका छन्। उनले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको कारबाही गरेका हुन्। यसअघि पार्टीले नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुई जनालाई सोमबार अनुशासनको कारबाही गरिएको हो। कारबाहीपछि दिइएको पत्रमा नेपालले आपराधिक क्रियाकलाप स्वीकार नगरेकाले निलम्बन गरेको उल्लेख गरिएको छ।
नेता नेपाललाई सोमबार पठाइएको पत्रमा लेखिएको छ, ‘आपराधिक क्रियाकलापहरू स्विकार्ने, भुलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित्त गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हाास्यास्पद कार्य गरेको देखियो।’ पत्रमा लेखिएको छ, ‘यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउादै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टीको विधान, ०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।’ पत्रमा नेता नेपाललाई सच्चिनका लागि यो अन्तिम मौका भनिएको छ। निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने पनि पत्रमा उल्लेख छ। पत्रमा लेखिएको छ, ‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ।’ अध्यक्ष ओलीले अर्का नेता रावललाई समेत पार्टी सदस्यबाट निलम्बन गरेका छन्। रावललाई पनि नेपाललाई लेखिएकै व्यहोराको पत्र पठाइएको छ। ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता नेपालसहित चार जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनीहरूमध्ये भुसाल र पाण्डेले स्पष्टीकरणको प्रत्यूत्तर पठाएका छैनन्।
कारबाही असहिष्णुः नेपाल एमालेका वरिष्ठ नेता नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन्। साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन्। अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताए। उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ। त्यसबाट नै उहाँको नियत छर्लंग भएको छ।’ ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए। उनले भने, ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु।’ नेता रावलले आफूमाथि भएको कारबाही अस्विकार्य भएको बताएका छन्। आफू र नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन्। पाण्डे र भुसाललाई पुनः स्पष्टीकरण स्पष्टीकरण पेस नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोधेको छ। दुवै जनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन्। यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्। अर्घाखाँचीमा पनि कारबाही अर्घाखाँचीमा पनि समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरिएको छ। एमाले सचिवालय सदस्य रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा.दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्काशन गरिएको हो। जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनै जनालाई पार्टीको संगठित सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको एमाले अर्घाखाँची अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए। चौहान एमालेका तत्कालीन जिल्ला सचिव थिए। पार्टीविरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टीकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरिएको थियो। पार्टीबाट निष्काशित चौहानले कारबाहीले आफूहरूको पार्टी पुनर्गठन अभियान नरोकिने प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP