Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीलाई नेपालको जवाफ दाहालको ठूलो मतियार तपाईं
ओलीलाई नेपालको जवाफ दाहालको ठूलो मतियार तपाईं
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १३, २०७७
Hardik health
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई आफूभन्दा ओली नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ‘ठूलो मतियार’ भएको जवाफ फर्काएका छन् । पार्टीले सोधेको १० बुँदे लिखित स्पष्टीकरणको १३ बुँदामा प्रतिवाद गर्दै ओली दाहालको ठूलो मतियार भएको स्पष्ट पारेका हुन् । नेता नेपाललाई एमालेले किन दाहालको मतियार बनेको भन्दै स्पष्टीकरण सोधेको थियो । तर, ओलीले आफूलाई दाहालको मतियार भनेको विषयमा उनले प्रतिप्रश्न गरेका छन्, ‘पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधिसभाको विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’ यस्तै, नेपालले सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि पनि एकलौटी ढंगले केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विधानको उल्लंघन किन गरेको भन्दै प्रश्न गरेका छन् । ‘गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जिवित भएपछि नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई एकताबद्ध भएर जाने कार्यमा पार्टी अध्यक्षको हैसियतले पहल गर्नु तपाईको कर्तव्य थियो कि थिएन ?’ स्पष्टीकरणपत्रमा नेपालले ओलीमाथि नै प्रश्न गरेका छन् । २८ फागुनमा प्रधानमन्त्रीको सरकारी निवासमा आङ्खना गुटका मानिसहको भेला बोलाई त्यसलाई कथित केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिएको भन्दै नेपालले, ‘पार्टीको विधान र प्रक्रियाविपरीत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्नेजस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’ भन्दै प्रश्न गरेका छन् । ‘यसप्रकार तपाईंले गुटगत गतिविधि गरी नेकपा एमालेको झण्डा, चुनाव चिह्न र संगठनको दुरूपयोग गरेको कुरा सार्वजनिक सञ्चारमाध्यमबाट जानकारी भएकाले त्यस्तो पार्टी विधानविपरीत गरिएको बैठकका अवैध निर्णयहरूको आधारमा नेकपा एमालेबारे कुनै पनि सूचना अद्यावधिक नगरियोस् भनी म समेतले निर्वाचन आयोगमा मिति २०७७।१२।१ मा निवेदनसमेत गरेको तपाईंलाई जानकारी छ कि छैन ? तपाईंले उक्त प्रकारका कार्य गरी नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका प्रावधानहरूको ठाडो उल्लंघन किन गर्नुभयो ?’ पत्रमा भनिएको छ । यस्तै, नेता नेपालले २८ फागुनमा ओली पक्षको बैठकले गरेका निर्णय पार्टीलाई विभाजन गराउने उद्देश्यले गरेको ठानेका छन् । ‘तपाईंबाट फागुन २८ गते अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौँ भन्दा तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’ स्पष्टीकरणपत्रमार्फत नेपालले ओलीलाई प्रश्न गरेका छन् । सरकारका कमी कमजोरीलाई औँल्याई सत्मार्गतर्फ अग्रसर गराउने तथा आलोचना गर्ने कुरालाई ‘विरोध’ ठान्ने गलत मानसिकताले नै पार्टीमा गम्भीर समस्या उत्पन्न भएको समेत नेपालको निष्कर्ष छ । “अनुशासनको कारबाही गरिएको होइन ?” एमाले नेता डा.भीम रावलले पार्टीलाई १४ बुँदे स्पष्टीकरण पठाउँदै अध्यक्ष ओलीमाथि संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारबाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् । रावलले ओलीलाई ‘साविक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारबाही गरेको होइन ?’ भन्दै प्रश्न उठाएका छन् । रावललाई पार्टीले महाधिवेशन आयोजक समिति सदस्यका रूपमा स्पष्टीकरण मागेको थियो । तर उनले आफूलाई उपाध्यक्षकै रूपमा पेस गरेका छन् । आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको आरोप तथ्यहीन भएको बताएका छन् । उनले भनेका छन्, ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरूपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?’ अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले नेताहरू नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले चारै जनालाई तीनदिनभित्रै जवाफ दिने गरी लिखित स्पष्टीकरण पत्र थमाएको थियो । बिहीबार अन्तिम दिन सबै नेताले लिखित स्पष्टीकरण बुझाएका हुन् ।  
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP