Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको कामना ‘अर्ली इलेक्सन’
देउवाको कामना ‘अर्ली इलेक्सन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०७७
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै रिसाउने र झोक्किने स्वाभावका कारण बेला–बेला आलोचनाको सिकार बन्ने गरेका छन् । उनी आफूलाई चित्त नबुझ्ने कुरा सुन्नेबित्तिकै झोँक्किने गर्दछन् । यसैक्रममा उनी मंगलबार पनि पत्रकारसँग नै झोँक्किएका छन् । अन्य समयभन्दा मंगलबार उनी पत्रकारको प्रश्नमा आक्रोशित हुनुको खास अर्थ छ । सभापति देउवा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइरालाको श्रद्धान्जली सभामा भाग लिन विराटनगर पुगेको थिए । विराटनगरमा सञ्चारकर्मीहरूले उनलाई ‘कांग्रेसले अहिलेको सरकारलाई नै समर्थन गर्छ कि नयाँ सरकार निर्माणमा लाग्छ ?’ भनी प्रश्न गरेका थिए । उनले जवाफमा झोँक्किँदै पत्रकारलाई जवाफ फर्काए, ‘हामी विपक्षी पार्टी भनेको नसुनेको ?’ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ गठबन्धनको प्रयास भइरहेकै छ । मुलतः एकीकृत भएको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा ओली सरकारको विकल्प खोज्ने काम सुरु भइसकेको थियो । प्रधानमन्त्री ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेलगत्तै दाहाल र एमाले नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ नै पुगेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थिए । त्यस्तै, पार्टीभित्रै पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवालाई कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि निरन्तर दबाब दिइरहेका छन् । पौडेल समूहले आइतबार मात्र पनि बोहोराटारमा भेला गरेर सभापति देउवालाई नयाँ सरकारको नेतृत्वका लागि पहल गर्न दबाब दिने निर्णय गरेका थिए । नेता पौडेलले ११ फागुनमा सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेदेखि निरन्तर प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् । सभापति देउवालाई मुलतः माओवादी केन्द्रका अध्यक्ष दाहाल, आङ्खनै पार्टीका वरिष्ठ नेता पौडेल समूह र जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बन्न उक्साइरहेका छन् । तर, ‘प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेको’ आरोप खेप्दै आएका देउवा यसपटक भने आश्चार्यजनक ढंगले प्रधानमन्त्री बन्न अनिच्छुक देखिएका छन् । देउवाको अनिच्छा किन ? प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा सबैजसो दल आन्दोलनमा होमिए । तत्कालीन सत्तारुढ दल नेकपाका दाहाल–नेपाल पक्षले त दैनिक रूपमा देशव्यापी ठूला आन्दोलनका कार्यक्रम गरे । सडक संघर्ष नै गरे । सबैजसो दल, नागरिक समाज समेत आन्दोलित भयो । उनीहरूले प्रतिगमनको संज्ञा दिँदै ओली सरकारविरुद्ध सडक संघर्ष चर्काए । तर, संसदमा प्रमुख प्रतिपक्षी दल अझ देशव्यापी संगठन भएको कांग्रेसले आन्दोलनमा खास रुची देखाएन । ओलीको कदमको विरोध गरे पनि कांग्रेसले रुचीपूवर्क आन्दोलन नगरेको भन्दै अन्य दल अझ पौडेलसमूहले नै देउवाको आलोचना गर्यो। त्यस समयमा दाहाल–नेपाल पक्षले देउवालाई सबैदलले संयुक्त आन्दोलन गर्नुपर्ने भन्दै प्रस्ताव गरेको थियो । तर, देउवाले त्यसलाई अस्विकार मात्र गरेनन्, उल्टै ओलीलाई नै सहयोग पुग्ने गरी अदालतमा विचाराधीन विषयमा सडकमा धेरै नारा लगाउन नहुने भन्दै आन्दोलनलाई कमजोर बनाउने अभिव्यक्ति दिए । त्यतिबेला प्रधानमन्त्री ओली अदालतको भरोसामा बसिरहेका थिए । उल्टै देउवाले अदालतको फैसला सबैले मान्नुपर्ने र कांग्रेसले पनि मान्ने अभिव्यक्ति दिएपछि कांग्रेसको आन्दोलन कमजोर भयो । सर्वोच्चले संसद पुनस्र्थापना गर्यो । तर, यदि नगरेको भए पनि कांग्रेसले थप आन्दोलन नगर्ने कुरा त उहिले नै प्रष्ट पारिसकेका थिए देउवाले । तर, दाहाल–नेपाल पक्षले भने संसद पुनस्र्थापना भएन भने सशक्त आन्दोलन गर्ने चेतावनी दिने गरेका थिए । यी सबै घटनाक्रमको अर्थ कांग्रेस सभापति देउवाले सत्तामोह त्यागेको भन्ने अर्थमा बुझ्नु गलत हुने विश्लेषकहरूको मत छ । उसै पनि यसअघिको निर्वाचन ताका आफूलाई ज्योतिषीले ‘सातपटक प्रधानमन्त्री हुन्छौ’ भनेर भनेको देउवाले सुनाएका थिए । यदि उक्त भविष्यवाणी मिल्ने हो भने उनी अझै तीनपटक प्रधानमन्त्री हुनेछन् । वास्तवमा देउवालाई अहिले प्रधानमन्त्रीको लोभ नहुनुको खास कारण सत्ता समीकरणको जटिलता भएको राजनीतिक विश्लेषकहरूको मत छ । एमाले र माओवादी केन्द्र अलग भइसकेको अवस्थामा एमालेबाहेकको सरकार बनाउन संसदमा रहेका अन्य सबै दल, कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नुपर्छ । उक्त गठबन्धन कमजोर हुने देउवाको निष्कर्ष छ । एमालेमा विवाद भए पनि संसदीय दलमा ओली नै बलियो भएकाले माधव पक्षको केही नचल्ने उनले मज्जैले बुझेका छन् । त्यस्तो अवस्थामा एमालेलाई बहुमत पु¥याउन जम्मा १८ जना सांसद भए पुग्छ । ओलीजस्ता चलाख राजनीतिक खेलाडीले जसपा फुटाएर भए पनि बहुमत पुर्याएर आफूलाई क्षणभर मै सत्ताच्यूत गर्ने उनको अनुमान छ । त्यस्तै जसपाका ठाकुर र महतोको ओलीप्रतिको झुकावले पनि देउवालाई झस्काएको छ । त्यसैले अहिले देउवालाई सत्तारोहणभन्दा निर्वाचनमा जानु नै सुविधाजनक छ । बरु ओली सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याएर सरकार गिराउने र अर्को सरकार बन्न नसकी ‘अर्ली’ निर्वाचनमा मुलुक होमिए त्यो देउवाका लागि प्रियकर हुनेछ । यदि अग्रिम निर्वाचनमा जाने हो भने कम्युनिस्टले बहुमत नपचाएको, अस्थिरता ल्याएकोलगायत अन्य धेरै चुनावी एजेन्डासहित निर्वाचनमा जाने र बहुमत लिएर सुविधाजनक सरकार बनाउने देउवाको मनसुवा बुझ्न कठीन छैन । उसै पनि कम्युनिस्टहरू विभाजित भएको अवस्थामा भएको निर्वाचन कांग्रेसका लागि फलदायी हुने सबैले बुझैकै कुरा हो, देउवाले मात्र त्यसलाई आँकलन गर्न नसक्ने कुरा विश्वासयोग्य होइन । त्यसैले मंगलबार विराटगरमा सञ्चारकर्मीमार्फत् सभापति देउवाले ठाडो शैलीमा पौडेल पक्षलाई समेत भनिदिए ‘सभापतिले भनेपछि त्यही नै निर्णयसरह हो, अहिले कांग्रेस सरकारमा जाने मुडमा छैन । सरकारमा रहँदा चुनाव गराएर आफैँ कमजोर भएकै हो ।’
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP