Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाललाई स्पष्टीकरण दाहालको मतियार बनेको हो ?
नेपाललाई स्पष्टीकरण दाहालको मतियार बनेको हो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १०, २०७७
Hardik health
काठमाडौं– नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै सोमबार स्पष्टीकरण सोधेको छ । यसअघि आइतबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई लिखित स्पष्टीकरण सोधिएको हो । नेता नेपाल र पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्र उनीहरूका स्वकीय सचिवले बुझेका थिए भने भुषालले आफैँ पत्र बुझेका थिए । रावलले भने पत्र बुझ्न नमानेकाले पोष्टबक्समा राखिएको छ । उनले स्पष्टीकरण सोध्नेहरूको धरातल नै कमजोर भएकाले पत्र नबुझेको प्रतिक्रिया दिएका छन् । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित १० बुँदे स्पष्टीकरण मागिएको छ । पत्रमा नेपाललाई ‘महाधिवेशन आयोजक समिति सदस्य’ भनी सम्बोधन गरिएको छ । अन्य सबैलाई सोही सम्बोधन प्रयोग गरिएको स्रँेतले जानकारी दियो । जबकी नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व नेपाल वरिष्ठ नेता, रावल उपाध्यक्ष र भुषाल उपमहासचिव थिए । पाण्डे स्थायी कमिटी सदस्य थिए । नेपाललाई सोधिएको स्पष्टीकरण पत्रको पहिलो बुँदामा ‘साविक नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टीको विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र पार्टीको नाम, झण्डा र लोगोसमेत अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गर्नु गराउनुको कारण के हो ?’ भनी सोधिएको छ । त्यस्तै, दोस्रो बुँदामा ‘नेकपाको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानुनविपरीत अध्यक्ष ओलीलाई अध्यक्ष र पार्टीको साधारणसदस्य पदबाट हटाउनु’को आधार सोधिएको छ । उनलाई निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक–पटक निवेदन दर्ता गर्नु÷गराउनु, पार्टी फुटाउने उद्देश्यले आयोगमा पार्टीको नाम, चिह्न र झण्डाको प्रयोग आङ्खनो गुटले गर्न पाउने निवेदन दिनुको कारण सोधिएको छ । त्यस्तै, पार्टी फुटाउदा के उद्देश्य हासिल हुने ? ४ र ५ चैतमा बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला तथा त्यसपछिका विभिन्न भेला गरी पार्टी फुटाउन अग्रसर हुनुको कारण स्पष्ट पार्न भनिएको छ । पत्रमा नेता नेपाललाई ‘ओली नेतृŒवको सरकारको सदन, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेको भन्दै छापामार शैलीमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव तयार गरी संसद सचिवालयमा दर्ता गर्ने प्रयासजस्तो अत्यन्तै हानिकारक र अनुशासनहीन कार्य गरेको’ भन्दै त्यसबारे पनि सोधिएको छ । पत्रमा उनलाई अविश्वासको प्रस्तावमा केही सांसदलाई प्रलोभनमा पारेको र केहीको फर्जी हस्ताक्षर गरेको आरोप लगाइएको छ । सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको एमालेको दशौँ, एघारौँ र बाह्रौँ केन्द्रीय बैठक र संसदीय दलको बैठकमा अनुपस्थित रहनुको कारण र पार्टीको एकताविरोधी प्रस्ताव तथा अभिव्यक्ति दिनुको कारण पनि नेता नेपाललाई सोधिएको छ । त्यस्तै, नयाँ सरकार गठन गर्नका लागि आङ्खनै पार्टी नेतृŒवको सरकारविरुद्ध विपक्षी दलसँग छलफल गर्नुका साथै, माओवादी केन्द्रका अध्यक्ष दाहालसँग निरन्तर भेटघाट र अझैँ साँठगाँठ गर्नुको कारण सोधिएको छ । पत्रमा लेखिएको छ, ‘माधव नेपालहरू सके नेकपा एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइहरूप्रति तपाईंको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ?’ पत्रमा नेपाललाई पार्टी हितविपरीत वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लघंन गरेको, पार्टीका बारेमा भ्रम फैलाई निष्ठा र विश्वासबाट च्यूत भएको, गोपनीयता भंग गरेको, विपक्षी र अवाञ्छित तŒवसँग साँठगाँठ गरी पार्टी र राष्ट्रहितविपरीत कार्य गरेकोलगायत आरोप लगाइएको छ । पत्रमा तीन दिनभित्र जवाफ पेस नगरे नियम कानुन र विधान बमोजिम कारबाही हुनेसमेत चेतावनी दिइएको छ । मंगलबार नै जवाफ ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रूपमै फर्काउने नेपालपक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो पक्ष पुगेको हो । ‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ एक नेताले भने ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP