Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीले मुर्सालान् नेपालको गाला ?
ओलीले मुर्सालान् नेपालको गाला ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ८, २०७७
cpn uml
Hardik health
काठमाडौं– सर्वोच्च अदालतले ब्यूँताइदिएको नेकपा एमालेमा अध्यक्ष केपी ओली तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालपक्षबीचको अन्तरविरोध उत्कर्षमा छ । दुई पक्षका नेताहरूबीच लगभग पानी बाराबारको अवस्था रहँदा शनिबार भने नेता नेपाल एकाएक नरम शैलीमा प्रस्तुत भएका छन् । उनको नरमपनाले एमाले विवाद कतै समाधानको दिशातर्फ गएको हो की भन्दै कार्यकर्ताहरूमा उत्साह छाएको छ । समानान्तर कमिटी घोषणा गर्ने तयारीमा रहेको खनाल–नेपाल पक्षले शनिबार आफूपक्षीय युवासंघको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । यसअघि सो पक्षले राष्ट्रिय कार्यकर्ता भेला र अनेमसंघको भेला गरिसकेको थियो । यसअघि अध्यक्ष ओली ‘तानाशाही’ बाटोमा हिँडेको र आफूलाई अपमान गरेको बताउँदै सबैभन्दा बढी आक्रामक बनेका नेपाल एकाएक नरम देखिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकै भाषामा ‘ओलीप्रति नेपाल सबैभन्दा बढी आक्रामक’ भएका थिए । अध्यक्ष दाहालले आफूहरूसँगै आन्दोलनमा रहँदा आफूभन्दा ओलीप्रति नेपाल बढी आक्रामक रहेको ‘फ्रेस’ हुनका लागि पत्नी सीतासहित सिन्धुली पुगेका बेला दाहालले बताएका थिए । तर, शनिबार भने नेता नेपाल ओलीप्रति निकै नरम देखिएका छन् । धेरैले अब एमालेको विभाजन रोक्न नसकिने आँकलन गरिरहेका बेला नेता नेपालले आफू ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् । आफूहरूको ‘मायाप्रिती’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनले बताए । युवासंघको भेलालाई सम्बोधनका क्रममा लामो समय ओलीको आलोचनामा खर्चिए पनि अन्ततः उनले ओलीलाई आफूलाई फकाउने तरिका मात्र सुझाएनन्, नछुट्टिने प्रण नै गरे । भेलामा नेता नेपालले भनेका थिए, ‘हामी केपी ओलीविरुद्ध संघर्ष गर्छौँ, तर, उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौँ । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रिती ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौँ ।’ ओलीले बैठकका लागि फोन गरेको सन्दर्भ उनले पुनः कोट्याएका छन् । आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनु भो कमरेड भनेर गाला मुसार्ने थिएँ,’ उनले भने, ‘फकाउन म जान्दछु नि । फकाउने उहाँको काम होइन ? अध्यक्ष भनेको गार्जियन हो । गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’ नेता नेपालले अध्यक्ष ओलीले बनाएको संसदीय बोर्डमा आफूहरू नबस्ने बताएका छन् । सर्वोच्चको फैसला अनुसार एमालेलाई ३ जेठ ०७५ को अवस्थामा नफर्काएसम्म पार्टीको कुनै निर्णय नमान्ने उनको भनाइ छ । ‘हामी दुई जना बबुरोलाई कृपादृष्टि पु¥याएर संसदीय बोर्डमा राख्ने काम भएछ । तर, हामी त्यसमा बस्दैनौँ । बस्नु छैन । बोर्ड पहिले वैधानिकरूपमा गठन हुनुप¥यो ।’ उनले ३ वर्ष अगाडिको अवस्थामा फर्काएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिँदै त्यसो भएको खण्डमा ओलीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको उनको स्पष्टोक्ति छ । ३८ सांसदको ज्ञापनपत्र नेता नेपालसहितका ३८ सांसदले अध्यक्ष एवं संसदीय दलका नेता ओलीलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बोकेर सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा संसदीय दलको विधान नबन्दै बोर्ड गठन गरेकोमा आपत्ति जनाइएको छ । ‘संसदीय दलसम्बन्धी पार्टी विधानको व्यवस्था विपरित भए गरिएका काम कारबाहीमा सहमति जनाउनु विधानविपरीत भई लोकतान्त्रिक पद्धतिको समेत उल्लंघन हुन्छ’ ज्ञापनपत्रमा भनिएको छ । विधान, विधि, प्रक्रिया र स्थापित अभ्यास अनुरुप आयोजना हुने संसदीय दलको बैठकमा उपस्थित हुन प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । ओलीले मुसार्लान् त गाला ? नेता नेपाल एकाएक नरम देखिए पनि अध्यक्ष ओलीले तत्कालै उनको बेडरुमसम्म पुगेर गाला मुसार्दै फकाउलान् भन्ने संकेत देखिएको छैन । हुन त नेता नेपालले भनेजस्तै पार्टी अध्यक्ष ओली एमालेको प्रमुख ‘गार्जियन’ अवस्य नै हो । अभिभावकीय भूमिकामा रहनुपर्ने अध्यक्ष ओलीले शनिबारको संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षप्रति थप कठोर हुने भावमा प्रस्तुत भएका छन् । माओवादी केन्द्रसँगै रहँदा संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका अध्यक्ष ओली एमाले ब्यूँतिएपछि भने दुवैतर्फ पूर्ण बहुमतमा छन् । अल्पमतमा रहँदा त नझुक्ने रणनीति बनाएका अध्यक्ष ओली सुविधाजनक बहुमतमा रहँदा नेता नेपालको गाला मुसार्न जालान् भन्ने आशंका गर्ने धेरै ठाउँहरू छ । अध्यक्ष ओलीले एमाले २८ फागुनमा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै प्रदेश इन्चार्ज र पदाधिकारीको जिम्मेवारी आफूनिकटका नेताहरूलाई दिएका थिए । नेपाल पक्षले उक्त निर्णय फिर्तालाई मिल्ने पहिलो सर्त राखे पनि ओली त्यसमा सकारात्मक छैनन् । बरु शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट उनले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गरेका छन् । शनिबारको बैठकले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । ४ र ५ चैतमा ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरूलाई पार्टी हितविपरीत काम गरेको र नेतृŒवलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । बैठकले सघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ । पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ । अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ । यो निर्णयबाट अध्यक्ष ओलीले आफूलाई थप शक्तिशाली र अधिकारसम्पन्न बनाएका छन् । त्यस्तै, शनिबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले गुट छाडेर व्यक्तिगत रूपमा आङ्खना गुनासा लिएर आउन सांसदलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरूले विधान संशोधन मस्यौदामाथि आङ्खना धारणा राखेका थिए । अब एमालेमा संसदीय दलको उपनेता दलका नेताले चयन गर्ने र राष्ट्रियसभामा दलको नेता नरहने व्यवस्था गरिएको छ । संघीय संसदीय दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ चयन भएका छन् । राष्ट्रियसभामा भने संसदीय दल नेता चयन गरिने छैन । बैठकअघि नेता नेपाल पक्षका सांसदहरूको ज्ञापनपत्र बुझ्दै ओलीले समूहगत प्रस्ताव स्विकार्न नसकिने बताएका थिए । ‘हामी सबै सूर्य चिह्नबाट जितेका हौँ, यहाँ कुनै समूह छ र ?’ ओलीले प्रश्न गरे । शनिबारको यी सबै दृश्यहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेता नेपालसहितका असन्टुष्टहरूको गाला मुसार्दै फकाउन जालान् भन्ने देखिँदैन । बरु उनी केन्द्रीय कमिटीको बैठक र संसदीय दलका बैठकबाट थप शक्तिशाली बन्ने बाटोमा लागेका छन् । त्यसैले उनी  खनाल–नेपाल पक्षलाई पेलेरै जाने मानसिकतामा रहेको प्रष्ट हुन्छ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP