Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले विवादःएक–अर्कालाई कारबाहीको धम्की
एमाले विवादःएक–अर्कालाई कारबाहीको धम्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०७७
Hardik health
काठमाडौं– लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको नेकपा एमालेमा सोमबार अचानक अनौपचारिक बैठक बस्यो । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफू निकट नेताहरूसहित बैठकमा जुटेपछि धेरैले अब सहज वातावरण निर्माण हुने अपेक्षा गरेका थिए । लामो समयदेखि एकअर्कालाई सत्तोसराप गरिरहेका नेताहरूबीच भेटवार्ता हुादा कार्यकर्ता तहमा समेत आशा र उत्साह सञ्चार भएको थियो । तर, सोमबारको बैठकले नेताहरूबीचको सम्बन्धलाई हार्दिकतामा परिवर्तन गर्न सकेन । उक्त बैठकमा अध्यक्ष ओलीले ४ र ५ चैतमा नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला रोक्दै गुटगत भेला तथा बैठक नगर्न आग्रह गरेका थिए । त्यस्तै नेपाल पक्षले ओलीलाई सर्वोच्च अदालतको फैसलाले पार्टी ३ जेठ ०७५ अघिको अवस्थामा पु¥याएको भन्दै त्यसयताका सबै निर्णय खारेज गर्न आग्रह गरे । मुलत अध्यक्ष ओलीले सर्वोच्चको फैसलापछि माओवादीबाट आएका नेताहरूलाई केन्द्रीय सदस्यमा थप गर्ने र पदाधिकारीको जिम्मेवारी खोस्दै इन्चार्जहरू परिवर्तन गर्ने निर्णय फिर्ताको माग गरेका थिए । तर, दुवै पक्ष आङ्खनो अडानमा अडिग रहे र अन्ततः बैठक निश्कर्षबिहीन बन्यो । सुरुमा सौहार्द देखिएको बैठक अन्तिमसमयमा आइपुग्दा आरोप प्रत्यारोपमै सिमित भयो । त्यसैले बैठकपछि वरिष्ठ नेता नेपालले ‘बैठकमा सुरुमा मिठो मिठो तर अन्तिममा टर्रो कुरा भएको’ प्रतिक्रिया दिएका थिए । सोमबारको बैठकले एमालेमा नेताहरूबीच सम्बन्ध सुधार हुने अपेक्षाविपरीत मंगलबार दुवै पक्षले अलग–अलग कार्यक्रम गरे । दुवैले अलग कार्यक्रममार्फत एकअर्कालाई कारबाहीको धम्की दिएका छन् । पार्टी अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका थिए । चियापानमा बालुवाटारले नेता नेपालपक्षलाई पनि निम्तो पठाएको थियो । एमालेका सबै नेतालाई एसएमएसमार्फत् निम्तो पठाइएपनि नेपालपक्षले चियापान बहिस्कार गरेको थियो । उक्त पक्षले ललितपुरमा बुधबारदेखि सुरु हुने कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिरहेको थियो । करिब उस्तै समयमा भएका कार्यक्रममा दुवैले विधानविपरीत काम गरेको भन्दै कारबाही गर्ने चेतावनी दिइरहेका थिए । अध्यक्ष ओलीले भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाए पनि त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए । ‘गुटगत भेला गर्ने, समूहलाई आङ्खनो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ,’ अध्यक्ष ओलीले भने, ‘सत्यसाग नलड्ने र निहु खोज्नेहरूसाग नझुक्ने नीति छ ।’ आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ । ‘पार्टी अध्यक्षले बोलाएको चियापानमा आउनुहुन्न अनि कसले बोलाएको चियापानमा जानुहुन्छ ?’ उनले प्रश्न गरे । आङ्खनो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए । विचार केन्द्रित अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए । तर, नेपाल पक्षले ‘अचाक्ली गरेको’ भन्दै उनले अब सहेर नबस्ने चेतावनी दिए । “कारबाही भोग्न लामबद्ध छौा” नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरू तयार रहेको बताएका छन् । बुधवार सुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए । भट्टराईले भने, ‘आज उहााले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौा । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आाशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौा, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’ भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।    
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP