Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली–नेपाल भेट ‘छुट्टिने बेला टर्रो’
ओली–नेपाल भेट ‘छुट्टिने बेला टर्रो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ३, २०७७
Hardik health
काठमाडौं– लामो समयको संवादहीनतालाई चिर्दै सर्वोच्च अदालतले ब्युँताइदिएको नेकपा एमालेमा छलफल सुरु भएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार पार्टी मुख्यालयमा छलफल भएको छ । दुई नेताबीच लामो समयदेखि संवादहीनताको अवस्थामा दोस्रो तहका नेताहरूको पहलमा छलफल सुरु भएको हो । सोमबारको छलफलमा नेताहरूबीच ठोस सहमति हुन सकेन । तर, संवादहीनताको श्रृंखला तोडिएको भन्दै छलफलबाट कार्यकर्ताहरूमा नयाँ आशाको सञ्चार भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आग्रहमा अनौपचारिक बैठक बसेको थियो । सुरुमा अध्यक्ष ओलीले नेता नेपाललाई भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर, नेता नेपालले पक्षले विवाद बढेपछि बालुवाटार नजाने घोषणा नै गरिसकेकाले उनीहरूले पार्टी कार्यालयमा छलफल हुनुपर्ने अडान राखे । त्यसपछि अध्यक्ष ओली अनौपचारिक बैठकका लागि धुम्बाराही आउन तयार भएका थिए । अनौपचारिक बैठक करिब एक घण्टा बसेको थियो । सुरुमा नेताहरूबीच विगतको तिता कुरा बिर्सेर नयाँ शिराबाट पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने कुरामा सहमति भएको थियो । तर, अधिकांशले बोल्ने क्रममा विगतमा आफँ इतरका पक्षले पार्टी हित र अनुशासनविपरीत कार्य गरेको आरोप लगाइहाल्न भ्याए । मुलतः सोमबारको छलफलमा वरिष्ठ नेता नेपाल पक्षले २८ फागुनमा अध्यक्ष ओलीले गरेको निर्णय फिर्ताको माग गरेका थिए भने, अध्यक्ष ओली पक्षले नेता नेपाल पक्षले ४ र ५ चैतमा आयोजना गर्ने भनेको कार्यकर्ता भेला रोक्न र विभिन्न होटलमा गरिने बैठक भेला बन्द गर्न आग्रह गरेका थिग । वरिष्ठ नेता नेपालले छलफलपछि वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।’ सर्वोच्च अदालतले फैसलाअनुसार एमालेको पार्टीको संरचना, पदाधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताए । साथै २८ फागुनमा अध्यक्ष ओलीले आङ्खनो पक्ष राखेर गरेको निर्णय खारेज गर्नुपर्ने आफँहरूको माग रहेको भन्दै उनले भने, ‘त्यसैमा कुरा मिलेन ।’ ओली पक्षीय नेता एमाले महासचिव ईश्वर पोखरेलले सोमबार केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको बैठकमा एमालेलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले बैठकमा उठेका कतिपय विषयमा आजै टुंगोमा पुग्न नसकिने भन्दै थप छलफल गर्नुपर्ने बताए । ‘अहिले हाम्रो साझा निश्कर्ष के हो भने हामीहरूले यो अवसरलाई उपयोग गरेर एमालेलाई थप व्यवस्थित बनाउनुपर्छ’ उनले भने, ‘कतिपय समीक्षात्मक कुरामा आज नै टुंगो गर्न सकिँदैन, थप छलफल गर्नुपर्छ ।’ उनले दुवै पक्षले गरेको गतिविधिको समीक्षा गर्नुपर्ने विषय बैठकमा उठेको बताए । ‘२८ गतेको बैठकमात्र होइन यस बीचमा विभिन्न गतिविधि भएका छन्, अर्याल होटलमा भएका छन् । ‘समग्र रूपमा विगतमा गरिएका कामको यथासमयमा समीक्षा गरिसकेपछि उचाइमा पुगौँला’ उनले भने । नेपाल निकट भीम रावलले सोमबारको बैठकमा ठोस निश्कर्ष ननिस्के पनि लामो समयपछि दुई नेताबीच छलफलको सुरुआत हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । लामोसमयदेखि रहेको तिक्ततापँर्ण सम्बन्धमा एकैदिनमा सहमति हुने अपेक्षा नगरिएको भन्दै उनले आगामी दिनमा थप छलफल गरेर टुंगामो पुग्ने सहमति भएको जानकारी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरू सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । कहाँ अड्कियो हलो ? एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफँ निकट केन्द्रीय सदस्यहरूको बैठक राखेर विधान संशोधन गर्ने, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल पक्षका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराएका थिए । अध्यक्ष ओलीले नेपालनिकट नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै आफँ निकटका नेताहरूले प्रदेश तथा विभिन्न विभागको जिम्मेवारी दिएका थिए । नेपाल पक्षले भने यो निर्णय मान्य नहुने बताएको छ । उनीहरू ओलीको यो निर्णयबाट मुख्य रूपमा असन्तुष्ट छन् । आफँ निकटमा नेताहरूलाई जिम्मेवारीबिहीन बनाएर अध्यक्ष ओलीले पेलेरै जाने मानसिकता तयार पारेको यो पक्षको बुझाइ छ । नेकपा माओवादी केन्द्रसँग छुट्टिनु पँर्व बहुमतमा रहेको नेपाल पक्ष सर्वोच्चको फैसलापछि साबिक पार्टीमा फर्किदा भने रक्षात्मक अवस्थामा पुगेको छ । पदाधिकारी र स्थायी समितिमा करिब हाराहारीमा रहे पनि कैनद्रीय कमिटीमा नेपाल पक्ष अल्पमतमा छ । त्यस्तै एमालेको संसदीय दलमा त अझ ४० प्रतिशतको अवस्थामा पनि छैन । त्यसैले नेपाल पक्षले पार्टी फुटाउन समेत कानुनतः असक्षम रहेको निश्कर्ष निकाल्दै अध्यक्ष ओलीले पेलेरै जाने मानसिकता बनाएको उनीहरूको बुझाइ छ । वार्तामा नेपाल पक्षले २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय रद्ध हुनुपर्ने माग राखे । सर्वोच्चको फैसलाले एमाले २ जेठ ०७५ को स्थितिमा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेपाल पक्षका नेताहरूले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौँ’ उपाध्यक्ष भीम रावलले भने । यता अध्यक्ष ओली पक्षले भने विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफँलाई पेलेको बदला लिने मुडमा पनि देखिएका छन् । सर्वोच्चको निर्णयपछि माओवादी मुख्यालय पेरिसडाँडाबाट विदाइ बैठक गर्दै आफँविरुद्ध षडयन्त्र गर्ने योजनासहित नेपाल पक्ष एमालेमा आएको ओलीपक्षको बुझाइ छ । त्यसो त, माओवादी केन्द्रका अध्यक्ष दाहाललको अभिव्यक्तिले पनि ओली पक्षलाई सशंकित बनाएको छ । उनले ‘नेपाल पक्षले एमाले कब्जा गर्ने र फेरि पार्टी एकता हुने’ अभिव्यक्ति दिइरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले माधव नेपालहरू एमालेमा विद्रोह गर्ने आफँहरूबीच समझदारी बनेको बताइरहेका छन् । नेता नेपाल पक्षको गतिविधि पनि सोही अभिव्यक्तिलाई पुष्टि गर्नेतर्फ नै केन्द्रित छ । माओवादी केन्द्रसँग छुट्टिएर आएको नेपालपक्षले बानेश्वरस्थित अर्याल होटलमा भेला तथा बैठक गरिरहेका छन् । आइतबार माओवादी अध्यक्ष दाहाल केन्द्रीय कमिटि बैठक छोट्याएर सोही होटलमा नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न पुगेका थिए । उनीहरूबीच पार्टी छुट्टिएपछि पनि पटक–पटक भेट भइरहेकाले पनि अध्यक्ष ओली थप सशंकित बनेका हुन् । नेपाल पक्षले ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि ओली झन् रुष्ट भएका छन् । उनले सोमबारको छलफलमा उक्त भेला रोक्न आग्रह गरे पनि नेपाल पक्षले अस्विकार गरेको छ । दुवै पक्ष आ–आङ्खनो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरू छुट्टिएका छन् । तर, कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन ।  
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP