Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, आफ्नै नामप्रति ‘एलर्जी’
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, आफ्नै नामप्रति ‘एलर्जी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०७७
Hardik health
काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आइतबार बसेको केन्द्रीय कमिटी बैठकबाट ६ वटा प्रस्ताव पारित भएका छन् । पार्टी मुख्यालय पेरिसडा“डामा बसेको बैठकमा पारित गरिएका प्रस्तावमध्ये एक हो, पार्टीको नामबारे । बैठकले पार्टीको नामलगायत प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो प्रस्तावको अर्थ पार्टीको नामको समीक्षा वा परिवर्तन भन्ने आशयमा नै बुझिन्छ । नेकपा एमालेस“ग गरिएको पार्टी एकता निर्वाचन आयोगले अमान्य हुने फैसला गरेपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा नै यो प्रस्ताव किन ल्याइयो भन्ने बारेमा चासो बढेको छ । एमालेस“गको एकतापछि राखिएको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि कट्टेल नेतृत्वमा पहिले नै दल दर्ता रहेको भन्दै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरिदिएको थियो । माओवादी केन्द्रको नाम फेर्ने प्रस्तावलाई ‘धेरैले जनतामा अलोकप्रिय भएकाले’ भन्ने अर्थमा लिइरहेका छन् । मुलतः माओवादीले १० वर्षसम्म गरेको सशस्त्र द्वन्द्वका क्रममा ‘गरेको ज्यादती’का कारण जनतामा अलोकप्रिय रहेकाले माओवादीले नाम फेर्न लागेको विश्लेषण गरिएको छ । ‘यो नामबाट जनतामा जान मुस्किल भएकाले नै पार्टीको नाम फेर्ने प्रस्तावमा छलफल थाल्नु भएको हो,’ एक राजनीतिक विश्लेषकले भने, ‘अदालतले पार्टी एकता भंग गरिदिएपछि जनतामा जान मुस्किल भएकाले नाम फेर्ने छलफल सुरु भएको हो ।’ सर्वसाधरणमा ‘माओवादी पार्टी ज्यादती गर्ने पार्टी’ बुझ्ने भएकाले समस्या भएको माओवादी कै कार्यकर्ताहरूको पनि बुझाइ छ । सर्वसाधारणले माओवादी कार्यकर्ता भन्दा फरक व्यवहार गर्ने गरेको उनीहरूको अनुभव छ । ‘माओवादी पार्टीमा काम गर्छु भन्दा कतिपय ठा“उमा जनयुद्धका बेला धेरै दुःख दिएको भन्दै गुनासो गर्नेहरूस“ग भेट हुन्छ उहा“हरूलाई आन्दोलन र क्रान्तिबारे धेरै सम्झाउन पनि सकिन्न त्यसैले नाम फेर्ने प्रस्ताव उपयुक्त नै लागेको छ,’ एक कार्यकर्ताले सुनाए । माओवादीका नेताहरू भने जनतामा अलोप्रिय भएकाले नाम फेर्ने प्रस्ताव नगरिएको दाबी गर्छन् । अन्य वामपन्थीहरूस“ग एकता तथा ध्रुवीकरणका लागि बाटो खुला राख्न ‘पार्टीको नाम सम्बन्धी’ प्रस्ताव बैठकमा ल्याइएको उनीहरूको तर्क छ । माओवादी (केन्द्र)का केन्द्रीय सदस्य शिवकुमार मण्डलले आइतबारको बैठकमा नामबारेमा प्रस्ताव पारित भएको प्रवावस“ग भने । उनले नाम फेर्ने वा यथावत् राख्ने बारेमा बैठकमा हुने छलफलपछि मात्र टुंगो लाग्ने बताए । उनले एमालेस“गको एकता बिग्रेपछि पनि वाम एकता तथा ध्रुवीकरणलाई बल पु¥याउन यस्तो प्रस्ताव ल्याइएको प्रस्ट पारे । ‘विश्व कम्युनिस्ट इतिहासमै कार्ल माक्र्स र लेनिन सर्वमान्य नेताको रूपमा स्थापित हुनुहुन्छ तर, माओत्सेतुङ र उनको राजनीतिक दर्शनस“ग कतिपयको असहमति रहेकाले एकता र ध्रुवीकरणमा असर नपरोस् भनेर नाममा समीक्षा गर्न लागिएको हो,’ उनले भने । पूर्वमन्त्रीसमेत रहेका मण्डलले तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’का बेला माओवाद र चिनिया“ सांस्कृति क्रान्तिको मौलिक विचारलाई अनुशरण गरे पनि हु–बहु लागू नगरेको जिकिर गरे । ‘माओवादी दर्शनको जगमा हामीले नेपालको मौलिक राजनीतिक दर्शन प्रचण्डपथ निर्माण गरेका थियौ“, त्यही जगमा वर्गसंघर्षलाई एउटा उचाइ“मा पु¥याएको थियो,’ उनले भने, ‘तर, अब फरक वामपन्थीहरूबीचको एकताका क्रममा साझा धारणा बनेमा माओवाद छाड्न सकिन्छ, हामी त्यसमा खुला छौ“ ।’ उनले विगतमा एमालेस“ग एकता गर्दा पनि ‘माओवाद’ र ‘प्रचण्डपथ’ विचारका रूपमा स्वीकार गरिएको स्मरण गर्दै सैद्धान्तिक विषय महाधिवेशनमा छलफल गर्ने सहमति भएको बताए । उनले जनतामा अलोकप्रिय भएकाले नाम फेर्न लागिएको आरोपको खण्डन गरेका छन् । ‘नाम फेर्दा आन्दोलनको लाइन नै गलत भन्ने हु“दैन, माओवादी जनतामा स्थापित नाम नै हो,’ उनले भने, ‘माओवादी नामप्रति जनता र कार्यकर्तामा गर्वको अनुभूति नै भए पनि वाम एकताका लागि नामबारे समीक्षा गर्न लागिएको हो । अहिलेलाई यति मात्र बुझ्न आवश्यक छ ।’ उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उदारताका कारण विगतमा एकता गर्दा धेरै कुरा सजिलै छाडेको भन्दै अबको एकता सैद्धान्तिक, वैचारिक र स्थापित मूल्य र मान्यताका आधारमा हुने बताए ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP