Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा एमाले पुनस्र्थापना, जोडिएला त मन ?
नेकपा एमाले पुनस्र्थापना, जोडिएला त मन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २७, २०७७
Untitled-1
Hardik health
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल ऋषि कट्टेलको भएको सर्वोच्च अदालतले फैसला गरेपछि अहिले नेपाली राजनीतिक कोर्सले अनिश्चयको बाटो लिएको छ । सर्वोच्चले नेकपा कट्टेललाई नै हुने र एकतामा गरेको एमाले तथा माओवादी केन्द्र भने पूर्ववर्ती नाममा नै फर्कन आदेश दिएपछि नेपाली राजनीतिक कोर्सले अनिश्चयको बाटो लिएको हो । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल एक कित्तामा र अर्का कित्तामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उभिँदै गर्दा सर्वोच्चबाट सो पार्टी कट्टेललाई दिएर एमाले र माओवादी केन्द्र व्यूँताएर सोही पदमा रहन आदेश दिएपछि अहिले राजनीतिले फरक बाटो लिएको छ । सर्वोच्चको आदेशबाट नेपाल समूह फेरि एमालेमा नै फर्केका छन् भने अर्का अध्यक्ष दाहाल पनि माओवादी केन्द्रमा नै फर्केर त्यहाँ नै गतिविधि अगाडि बढाएका छन् । अब दाहालको आफ्नै पार्टी भएकाले उनका लागि अवस्था केही सहज नै छ, तर, नेता नेपाललाई भने अब साँच्चै इतिहासको कठिन परीक्षा दिनैपर्ने भएको छ । हिजोसम्म एकै पार्टीमा रहे पनि ओलीलाई अध्यक्षबाट मात्र होइन, प्रधानमन्त्रीबाट समेत हटाउन नेता नेपालले दाहालको साथ लिएका थिए । आदेशअनुसार दाहाल अब उक्त पार्टीमा छैनन् । एमालेमा नेपाल मात्र फर्केकाले अबको यात्रा उनका लागि निक्कै कठिन छ । सर्वोच्चले गरेको आठौँ आश्चर्यजनक फैसलाले नेपाल मात्र नभएर उनको पक्षमा लागेका नेता तथा सांसदहरु पनि अहिले संकटमा परेका छन् । अहिले एमालेको संसदीय नेता ओली नै छन् । अब संसदमा ओलीले दिएको निर्देशन पालना गर्नु सबै सांसदहरुको कर्तव्य हुन आउँछ, यस्तो बेला प्रतिकार गरेमा सांसद पदबाट निलम्बन गर्न सक्ने अधिकार संसदीय नेतामा हुने भएकाले अबको नेपालको यात्रा साँच्चै अनिश्चयतिर अघि बढेको छ । नेता नेपाललाई साथ दिँदै आएका झलनाथ खनाल, भीम रावलआदिले अध्यक्ष ओलीको धुरन्धर विरोध गर्न पछि परेनन् । तर, अब एकै दलमा बस्नु परेपछि सबैलाई अप्ठ्यारो अवस्था सिर्जना भएको छ । एक दलमा बस्नु परे पनि अब नेपाल समूहले आफ्नो अस्तित्वलाई देखिने गरी अगाडि बढ्ने संकेत दिएको छ । यहि क्रममा बुधबार नयाँ बानेश्वरमा माधव समूहले छुट्टै भेला नै आयोजना गरेको छ । आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका हुन् । नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक भूमिका अध्यक्ष ओलीको हुने भएकाले त्यसतर्फ सचेत गराइने पन्तको भनाइ छ । ‘विकसित घटनाक्रमपछि कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफल भयो र त्यसका लागि निर्णायक भूमिका पार्टी अध्यक्षकै हुन्छ भन्ने निश्कर्ष पनि निकालियो, आफूअन्तर्गतका कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह भेलाले गरेको छ,’ उनले भने । उनले प्रतिनिधि सभा विघटनपछि विचारहरु फरक भए पनि अब ती कुराहरु बिर्सेर अघि बढ्नुपर्ने आवश्यकता ठहर गरेको बताएका छन् । ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ–आङ्खनै दृष्टिकोण र विचार थिए । अब ती बिर्सेर अघि बढ्नुपर्छ,’ पन्तले भने । त्यस्तै एमाले र माओवादीबीच तत्काल एकता सम्भव नभए पनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको बताइएको छ ।बुधबार भएको भेलामा नेताहरु नेपाल, खनाल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत सो समूहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । उता, धनगढीमा ओली र नेपाल पक्षबीच झडप भएको समाचार छ । धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको थियो । बुधबार नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेटसहित नयाँ बोर्ड राखेका थिए । त्यसको केहीबेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो ।त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ । नेपाल पक्षधर नेताहरुका अनुसार ओली पक्षले रावलको नाम हटाएर लेखराज भट्टको नाम प्रदेश इन्चार्जको नेमप्लेटमा लेखेपछि कार्यकर्ताले आक्रोशित भई हात हालाहाल भएको बताइएको छ । एक पार्टीमा रहे पनि अब दुई पक्षबीच वैमनस्यता कायम रहने देखिएको छ । हुन त कतिपयका अनुसार राजनीतिमा लाज, शरम, स्थायी शत्रु र मित्र कोही हुँदैनन् । तर, ओली र नेपाल पक्षबीच भने यो भनाइले केही असर पार्ने देखिएको छैन । नेकपा नामको पार्टी अरुलाई गएपछि जोडिएका नेताहरुको मन जोडिन निक्कै पापड पेल्नु पर्ने देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP