Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै
एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २६, २०७७
elction
Hardik health
काठमाडौं– निर्वाचन आयोगका अनुसार अब नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुई छुट्टाछुट्टै दल भएको छ । नेकपा खारेजीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिको अवस्थामा रहेको जानकारी संघीय संसद सचिवालयलाई दिने आयोगले निर्णय गरेसँगै दुई दल विधिवत् रुपमा छुट्टिएका हुन् । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल बनेको जानकारी संसदलाई दिने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगको बैठकले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा रहेको जानकारी केन्द्रमा संघीय संसद सचिवालयसँगै प्रदेश सभा सचिवालयहरूमा पनि पठाउने निर्णय गरेको हो । आयोगले केपी ओली र पुष्पकमल दाहाललाई पनि नेकपा खारेजीसँगै दल साविकको अवस्थामा कायम रहेको जानकारी दिने भएको छ । आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ । साविकमा राजनीतिक दलका रूपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग राजनीतिक दलका रूपमा सविककै अवस्था ३ जेठ ०७५ भन्दा अघि रहेको सूचना प्रकाशत गर्ने आयोगले निर्णय गरेको बताइएको छ । आयोगको पत्रसँगै अब संसद सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्ने भएको छ । उनीहरूको बस्ने ठाउँ फरक हुनेछ । आयोगले यसअघि गोपाल किराँतीको नाममा रहेको नेकपा माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिह्न तथा सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमालेलाई नयाँ नाम प्रस्ताव गर्न सुझाएको छ । आयोगले दियो किराँतीलाई पार्टीको नाम र चिह्न फेर्न १५ दिन र तिवारीले पार्टीको नाम मात्र फेरे हुने भनेर भनेको छ । आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिह्न तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेस गर्न भनेको छ । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा तिवारी नेतृŒवको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ । उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिह्न लिएको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएका छन् । एकताको आह्वान आयोगले एमाले र माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउन भनेको छ । अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए नेकपा (एमाले) र माओवादी केन्द्रले १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिह्नसहित निर्वाचन आयोगमा आउन भनेको हो । मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको छ । ‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकाले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, ०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ विपरीत नहुने गरी दुवै दलले आ–आङ्खनो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP