Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेताहरूको हलुका टिप्पणी, तीव्र आलोचनापछिका दुःख
नेताहरूको हलुका टिप्पणी, तीव्र आलोचनापछिका दुःख
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १७, २०७७
Raghu ji Panta
Hardik health
काठमाडौं– घटना – १ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक कार्यक्रममा बोलेकै विषयले मन्त्री पदबाट राजनीमा दिनुप¥यो । उनले बंगलादेश अध्ययनका लागि जाने छात्राहरूका बारेमा अनर्थ लाग्ने टिप्पणी गरेको भन्दै उनको आलोचना भयो । उनले ती छात्राहरूले अध्ययनका अलवा गलत क्रियाकलाप गर्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएपछि उनले नैतिकताको आधार देखाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । घटना – २ नेकपाकै अर्का नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मृर्गौला प्रत्यारोपण गरिएको विषयमा टिप्पणी गरेको भन्दै उनको आलोचना भयो । उनले ‘महिलाको मृर्गौला प्रत्यारोपण गरिएकाले प्रधानमन्त्री ओलीको मानसिक स्वास्थ्य ठीक नभएको’ आसयको टिप्पणी गरेको भन्दै उनको आलोचना भयो । यद्यपि रावलले आफूले त्यस्तो टिप्पणी नगरेको प्रष्टीकरण दिए । उनले त्यस्तो बोलेको प्रमाण हालसम्म भेटिएको छैन । तर, पनि उनको अझै पनि आलोचना भइरहेको छ । घटना – ३ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा कै दाहाल–नेपाल पक्षले देशभर आन्दोलन सुरु ग¥यो । गोरखामा आयोजित विरोधसभामा नेकपाकी महिला नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीप्रति गलत आशय लाग्ने टिप्पणी गरिन् । उनले सेतो सारीमा भण्डारीलाई राजनीतिमा उतारेर गल्ती गरिएको, उनी बडामहारानीको अवतार भएको र अब बालकोटतिर जान सुझाइन् । त्यसको पनि चौतर्फी विरोध भयो । उनलाई राज्यविरुद्धको अपराध मुद्दामा प्रहरीले नियन्त्रणमा नै लियो । उनले राष्ट्रपतिप्रति आस्था रहेको लिखित बयानपछि प्रहरी नियन्त्रणबाट मुक्त भइन् । तर, उनले नारी अस्मितामाथि प्रहार गरेको भन्दै उनको आलोचना भइरहेको छ । ताजा घटना नेकपाका नेता रघुजी पन्तलाई धेरैले बौद्धिक नेताका रूपमा चिन्छन् । उनी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका राजनीतिक सल्लाहकारसमेत रहिसकेका छन् । उनले शनिबार राष्ट्रियसभाका सांसद कोमल ओलीप्रति कटाक्ष गरे । उनले गरेको कटाक्षको पनि विरोध भइरहेको छ । सांसद वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पूर्वमन्त्रीसमेत रहेका पन्तले पार्टीमा देखिएको प्रवृत्तिबारे टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेको ३० सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा भनिएको छ । उनले भनेका थिए, ‘महिलाहरु केपीतिर पनि छन्, २०औँ वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर सेता तिघ्रा देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बूढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’   वलीको आपत्ति भिडियो सार्वजनिक भएपछि राष्ट्रियसभा सदस्य ओलीले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । पन्तको अभिव्यक्तिले आमा, दिदीबहिनीको अपमान गरेको भन्दै उनले भनेकी छन्, ‘विवेकहीन मानिसको आलोचना ले आफैँलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’
प्रधानमन्त्री ओली पक्षमा रहेकी सांसद ओलीले उल्टै कटाक्ष गरिन्, ‘तपाईंका तिर पनि महिला नेता तथा सांसदहरू छन्, उनीहरू चाहिँ कसलाई सेता तिघ्रा देखाएर नेता तथा सांसद बन्नुभएको ?’ नेता पन्तले सांसद वलीका बारेमा गरेको टिप्पणीको पनि आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पन्तले गरेको टिप्पणीलाई अस्वाभाविक भनेका छन् । नेविसंघकी नेतृ एजिला ढकालले फेसबुकमा लेखेकी छन्, ‘रघुजी पन्त जत्तिको नेताले बोल्दा महिलाको संवेदनशीलता ख्याल नराख्नु निकै खेदजनक छ । कोमल ओलीको राजनीतिक योगदान, गीतका विषयमा बहस गर्न सकिएला रघुजी पन्तको भाषा र सोचलाई समर्थन गर्न सकिन्न ।’ सामाजिक सञ्जाल प्रयोगकर्ता चन्द्रकान्त पौडेल लेख्छन्, ‘सांसद पद विभिन्न संगठनका नेताm कार्यकर्ताको पेवा होइन अब यस्तै यस्तै कलाकार बुद्धिजीवी खेलाडी आदि विविधलाई सांसद बनाउने युग आउँदै छ ।’ त्यस्तै, फेसबुकै सितु कार्की लेख्छिन्, ‘रघुजी पन्तजस्ता सोच भएकालाई कानुनी कठघरामा उभ्याउनु पर्छ, अन्याय सहनु पनि अपराध हो त्यसैले यसलाई कारबाही गर्नेतिर लाग्नुस्, महिलामाथि गरिने जुनसुकै विभेद्लाई पनि छोड्नु हुँदैन ।’
पन्तको आत्मालोचना नेता पन्तले आङ्खनो अभिव्यक्तिबारे आत्मालोचना गरेका छन् । उनले एक सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा पन्तले भने आङ्खनो आशय वलीलाई चोट पु¥याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’ हुन त प्रधानमन्त्री केपी ओली नै ‘छुद्र टिप्पणीका नेता’ हुन् भन्दा फरक पर्दैन । आङ्खना भाषणमा उखान टुक्काको प्रयोग गर्दै विपक्षीलाई प्रहार गर्न उनी माहिर छन् । त्यसैले अन्य नेताहरूले पनि त्यही सिको गरेका होलान्, भनेर सामाजिक सञ्जालमा नै लेख्नेहरुको भीड पनि उस्तै छ । विकसित मुलुकहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिले बोल्दा सावधानी अपनाउने गरेको देखिन्छ । उनीहरूले विपक्षीका बारेमा टिप्पणी गर्दा तथ्यपरक र यथार्थमा आधारित गर्ने मात्र होइन, आफूले बोलेको विषयमा जिम्मेवारीपूर्वक प्रस्तुत हुने गरेको पाइन्छ । तर, नेपालमा विपक्षी दल तथा तिनका नेतालाई धेरै गाली गर्ने नेता महान् भन्ने भ्रम परेको भनेर भनिन्छ । अधिकांश नेताले आङ्खना भाषणमा दर्शन, नीतिभन्दा बढी विपक्षीका बारेमा हल्का टिप्पणी गर्ने गरेका छन् । प्रा.डा.सुरेन्द्र केसी नेताहरू हल्का टिप्पणीयुक्त भाषणमा रमाउने बताउँछन् । जनतालाई दिशानिर्देश गर्नेभन्दा तत्काल तालीका लागि विपक्षीलाई गाली गर्ने भाषण संस्कृति विकास भइरहेको उनको बुझाइ छ । त्यसैले नेताहरू हल्का टिप्पणीयुक्त भाषणभन्दा दर्शन, शास्त्र र तथ्य, तथ्यांकमा आधारित भाषणमा केन्द्रित भए उनीहरूको अभिव्यक्ति सुन्न लायक हुने उनको सुझाव छ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP