Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधान बहिष्कार गर्न आह्वान
संविधान बहिष्कार गर्न आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ९, २०७७
Pagw 2
Hardik health
काठमाडौं– नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपालको वर्तमान संविधानलाई बहिष्कार गर्न आह्वान गरेका छन् । सो पार्टीले शुक्रबार आयोजना गरेको प्रजातन्त्र स्थापनाको ७१औँ स्मृति समारोहमा अध्यक्ष निरौलाले यो संविधानले नेपालीको जनजीवन सुहाउँदो नभएको भन्दै यसले जनतालाई विभेद् गरेको प्रत्यक्ष देखिएकाले यो संविधानलाइ बहिष्कार गर्न आह्वान गरे । यो संविधान कुनै अमूक स्थानबाट निर्देशित भएकाले यो संविधानले नेपालीको हुनै नसक्ने ठोकुवासमेत उनले गरेका छन् । संविधान विभेदित मात्र नभएर यो संविधान राज्यको हितमा नभएको यसको भन्दै यो संविधान नेपाली माटो सुहाउँदो नभएको उनले बताए । अब नेपाल र नेपाली सुहाउँदो संविधानको अवश्यक भएको भन्दै यसका लागि आफ्नो पार्टीले संविधानको मस्यौदासमेत तयार गरेको उनले बताएका छन् । सरकारले जनताको कुरा नसुन्ने भन्दै अब नेपाल सुहाउँदो संविधान घोषणाका लागि शान्तिपूर्ण आन्दोलनको तयारी भइरहेको पनि उनले जनाएका छन् । शान्तिपूर्ण आन्दोलनलाई वास्ता नगरिएमा कठोर आन्दोलन गरेर सडकबाट नै संविधान घोषणा गरिने पनि चेतावनी दिए । उनले नेपालको सन्दर्भमा संवैधानिक प्रजातन्त्र, हिन्दू राज्य, स्थानीय स्वशासन, समाजवादी अर्थनीति, विशेष अधिकारसहितको राजसंस्था आवश्यक रहेको बताएका छन् । उनले भने, ‘संविधान विभेदित् छ, संविधान नै असंवैधानिक छ, यो संविधान राज्यको हितमा छैन, यो संविधान निर्देशित छ । यस्तो संविधान बहिष्कार गर्नुस् ।’ त्यसैले अहिले सरकारले गरेको चुनावलाई अध्यक्ष निरौलाले नाटकको संज्ञा दिएका छन् । उनले भने, ‘यो नाटकका लागि गरिने चुनावको कुनै अर्थ छैन, चुनावलाई पनि बहिष्कार गर्नुस् ।’ उनले चुनावको नाटक देखाउनुभन्दा पनि आजको आवश्यक भनेको नै राष्ट्रिय सरकारको गठन भएको बताएका छन् । अबको घडीमा राष्ट्रिय सरकारले मात्र मुलुकलाई निकास दिने भन्दै अगाडि भने, ‘राष्ट्रिय सरकारले राष्ट्रिय एजेन्डा तयार गर्छ, राष्ट्रिय सरकारले चुनावको मिति तय गर्छ, यसले चुनावको खाका तयार गर्छ । जुन चुनावले जनताको सम्मान गर्छ ।’ उनले वर्तमान सरकारलाई फासिस्टको संज्ञा पनि दिएका छन् । फासिस्ट शासकले गरेको चुनाव फासिस्टवादी नै हुने भन्दै देश बचाउनका निमित्त शासक सत्तामा बस्ने फासिस्टहरूले तत्काल सत्ता छाड्नुपर्ने उनले बताए । नेपाली माटो सहाउँदो संघीयता नभएकाले यसको विघटन गरेर स्थानीय तहलाई स्वायत्त दिने, संवैधानिक प्रजातन्त्र, हिन्दू धर्म र विशेष अधिकारसहितको राजतन्त्र नै आजको आवश्यकता भएको पनि उनले बताएका छन् । त्यस्तै, उनले अहिले मनाइरहेको प्रजातन्त्र दिवसका बारेमा पनि पृथक रूपले परिभााषित गरेका छन् । ७ फागुन ०७ मा प्रजातन्त्रको घोषणा भए पनि यसले नेपालीलाई समेट्न नसकेको उनले बताए । उनले भने, ‘प्रजातन्त्रको ७१औँ स्मृति समारोह भनिहेका छाँ, धेरै साथीहरूले प्रजातन्त्र दिवस मनाउँदै हुनुहुन्छ, ०७ सालमा पुँजीपतिहरूको निम्ति प्रजातन्त्र घोषणा भएको थियो र त जनताले यसलाई उपयोग गर्न नपाएका हुनाले यसलाई स्मृति समारोहका रूपमा मनाइएको हो ।’ कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले ठूला नेताहरू लम्पसारवादतिर लाग्दा जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् । कतिपय बुझेर र कतिपय नबुझेर लम्पसारवादलाई अँगालेको उनले बताए । पहिला राजा त्रिभुवन बाध्यात्मक अवस्थामा लम्पसार परेको भए पनि त्यसपछि सबै नेताहरूलाई लम्पसारवादमा गएको उनले आरोप लगाएका छन् । बिपी, पुष्पलालहरू हिजो बाध्यात्मक अवस्था, करकाप, अज्ञानता र कतिपय कुराहरू नबुझेर लम्पसारवादलाई अँगाल्न बाध्य भएको भएको तर अहिले सबै कुरा कुरा पटाक्षेप भइसक्दा पनि ठूला नेताहरू नांगिएरै लम्पसारवाद भइरहेको उनले आरोप लगाए । नेपाली जनताले जति शासन व्यवस्थामा परिवर्तन ल्याएको भए पनि नेताहरू जब लम्पसार परेर अरुको इशारामा हिँड्छन, तव जनतले के पाउने ? विदेशीले आफ्नो एजेन्डा लागू गर्नका लागि नेताहरूलाई किनिरहँदा पनि उनीहरू बेचिरहेका हुनाले परिवर्तनको स्वाद नेपाली जनताले नपाएको उनले बताएका छन् । नेताहरू विदेशीहरूको इशारामा चल्ने मात्र नभएर लम्पसार नै पर्दा आएको परिवर्तनले जनतालाई केही फरक नपारेको उनले बताएका छन् । कार्यक्रममा पार्टीका सचिव मान गुरुङले आजसम्म नेपालमा धार्मिक रूपमा कुनै द्वन्द्व नभएको तर संविधानमा धर्मनिरपेक्ष राखिएपछि मुलुकमा धार्मिक द्वन्द्वको सम्भावना बढ्दै गएकाले अब नेपालमा हिन्दू राज्यको विकल्प नभएको बताएका छन् । उनले नेपालमा विशेष अधिकारको राजतन्त्रको आवश्यक रहेकोसमेत बताए । उनले अहिलेको बहुमतको सरकार भएको भनिए पनि जनताले कुनै फरक महसुस गर्न नसकेकाले यो सरकारलाई विघटन गरेर अब राष्ट्रिय सरकार बनाउने र त्यहि सरकारमार्फत चुनाव सम्पन्न गर्नुपर्ने उनले बताएका छन् । अन्यथा नाटकीय चुनावले जनतालाई सास्ती दिने र त्यहि जनताको मतबाट देशलाई बर्बादीतिर लैजाने उनले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP