Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहाल–नेपालको विरोधसभा, जनविद्रोहको चेतावनी
दाहाल–नेपालको विरोधसभा, जनविद्रोहको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २९, २०७७
_MG_3034
Hardik health
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले जनविद्रोहको चेतावनी दिएको छ । बुधबार राजधानीमा भएको विरोधसभालाई सम्बोधन गर्दै सो पक्षका शीर्ष नेताहरूले आधिकारिक नेकपा आफूहरू नै भएको जिकिर गर्दै अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुने चेतावनी दिए । सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई आफूलाई एक नम्बरको अध्यक्ष भनेर निर्वाचन आयोगलाई धम्क्याइरहेको जिकिर गर्दै कसैको बहकाउमा लागेर निर्णय नगर्न सजग गराएका छन् । अध्यक्ष पुष्पकमल दाहालले बुधबारको सभाले आफूहरूलाई आधिकारिक पुष्टि गरिसकेको जिकिर गर्दै अन्याथा निर्णय भए आन्दोलनको आँधिबेहरी सिर्जना हुन सक्ने बताए । अध्यक्ष दाहालले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गरेका छन् । उनले संसद पुनस्र्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।’ उनले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन’, उनले भने, ‘हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह ‘ग्रिन रिभोलुसन’ हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’ शीर्ष नेताहरूले ४४१ केन्द्रीय सदस्यको टाउको गनेर हेरेर आधिकारिताको विवाद टुंग्याउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । बुधबार राजधानीमा भएको विरोधसभालाई सम्बोधन गर्दै सो पक्षका शीर्ष नेताहरूले आधिकारिक नेकपा आफूहरू नै भएको जिकिर पेस गरेका हुन् । उनीहरूले सबै केन्द्रीय सदस्यको टाउको गनेर चाँडो आधिकारिताको विवाद टुंगोमा पु¥याउन आग्रह गर्दै आयोगका पदाधिकारीलाई खुट्टा नकमाउन चेतावनी दिए । सभालाई सम्बोधन गर्दै सो अध्यक्ष दाहालले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको भन्दै भने, ‘निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन,’ उनले भने, ‘७० प्रशितत केन्द्रीय कमिटी एकातिर हुँदाहुँदै त्यो नदेख्ने, केपी ओलीले आयोग पुगेर धम्क्याउने बित्तिकै देख्ने, त्यस्तो गल्ती गर्नुभयो भने तपाईंको खुट्टी पनि जनताले देख्नेछन् ।’ उनले आयोगलाई सजिलो नठान्न चेतावनी दिएका छन् । उनले नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी दिँदै आजको सभालाई खेलाँची नठान्न सचेत दिए । ‘जनताको शक्तिलाई कसैले खेलाँची नठाने हुन्छ । संवैधानिक आयोगमा पुगेका मान्छेले खेलाँची ठाने दुःख पाउँछ, देशले दुःख पाउछ’, उनले भने । उनले निर्वाचन आयोग र अदालतलाई काइते कुराको पछि नलाग्न सुझाए । अध्यक्ष दाहालले आफूहरूले अदालतको अपमान गरेको आरोप लाग्ने भन्दै तर, अपमान नगरी छिटो निर्णय गर्न सचेत गराएको बताएका छन् । ‘अदालतप्रति हाम्रो भरोसा छ, हुने त्यही हो, चाँडो निर्णय गरिदिनुहोस्,’ उनले भने । नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण सुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो बिराएकाहरू ढिलोचाँडो आफूहरू भएकै ठाउँमा आउने बताए । उनले आङ्खनो समूहमा फर्कनको सूची निकै लामो रहेको दाबी गरे । उनले भने, ‘मन्त्री पदको लोभमा उता लागेको केही थान नेताहरू पनि फर्किने भनेर हामीसँग वार्ता गरिरहेका छन् ।’ यद्यपि उनले ती मन्त्रीहरूको नाम भने खुलाएनन् । अहिलेको संघर्ष केही व्यक्ति र पदका लागि नभएको प्रष्टिकरण दिँदै अध्यक्ष दाहालले कुर्सीका लागि नभई जनताको मुक्ति र हितका लागि आन्दोलन गर्नुपरेको बताए । ‘विरोधीहरूले कुर्सीका लागि ‘यी बुढाहरू’ लागेको भन्ने गरेका छन्, तपाईंहरूलाई पनि खै, कुर्सीकै लागि लडेका हुन् कि भन्ने परेको हुनसक्छ’ उनले भने, ‘तर, यो आन्दोलन पद र कुर्सीका लागि होइन, यो जनताको मुक्ति र हितका लागि गरिएको हो ।’ अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरू नै रहेको दाबी गर्दै सूर्य चिह्न आफूहरूले नै पाउने जिकिर गरे । ‘चुनाव चिह्न सूर्य हामीसँग छ । निर्वाचन आयोगलाई शंका छ भने ४४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्छ’, उनले भने । आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर प्रधानमन्त्रीले गरेको दाबीको खण्डन गर्दै उनले प्रश्न गरे, ‘केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन् । पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने ? पार्टीको विधानबाट थाहा पाउने ? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन । सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन । कसरी पहिलो नम्बरको अध्यक्ष ?’ वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको आवाज नसुने जनआन्दोलनको आगो दन्किने चेतावानी दिए । प्रचण्ड र माधव नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनले आयोगलाई आधिकारिकता छुट्ट्याउन गाह्रो परेको भए आफूहरूको प्रदर्शनलाई हेर्न आग्रह गरे । आफूहरू मुलुकको समृद्धिका लागि सडकमा आएको उल्लेख गर्दै उनले समाजवादी कृषि क्रान्ति कसरी गर्ने, समाजवादी उद्योगधन्दा कसरी सञ्चालन गर्ने र समाजवादी शिक्षा कसरी तयार गर्ने भनेर आफूहरू त्यसका लागि लागि परेको दाबी गरे । ‘हामी लोकतन्त्र, संविधान र गणतन्त्र तथा मुलुकको स्थायित्वका लागि लडिरहेका छौँ’, उनले भने ।  
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP