Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार ढल्दैन, भ्रममा नपरौँः प्रधानमन्त्री ओली
सरकार ढल्दैन, भ्रममा नपरौँः प्रधानमन्त्री ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०७७
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा छ । तर, नेकपामा अध्यक्ष तथा प्रधामन्त्री केपी ओली सोमबार पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको घुन्सा पुगेर भने, ‘यो सरकार ढल्दैन । समृद्धि चाहनेहरू सरकारको विरुद्धमा लागेका छन् ।’ नेकपा कतिखेर के हुने हो ? त्यो पार्टीभित्रै नेताहरूलाई समेत थाहा छैन । झन्डै झन्डै फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री ओलीले सचिवालय बैठक नै अघोषितरूपमा बहिष्कार गरेका थिए । नेकपा यतिखेर गुटबन्दीको चरम उत्कर्षमा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीमाथि १९ पाने आरोप पत्र लेखेपछि अहिले नेकपाका विवादले अर्को रूपमा लिएको अवस्थामा प्रधानमन्त्री ओली घुन्सा पुगेका हुन् । दाहालको आरोप पत्रको जवाफ दिन १० दिने म्याद मागेर फुर्सदमा निस्किएका प्रधानमन्त्री ओलीले सोमबार घुन्सामा नवनिर्मित एक स्वास्थ्य चौकी उद्घादन गरेपछि भने, ‘वर्तमान सरकारको लोकप्रियता देखेर आत्तिएकाहरू सरकारविरुद्ध खनिएका छन् ।’ उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्नसमेत आग्रह गरेका छन् । स्मरणीय कुरा के छ भने गणतन्त्र स्थापनापछि सबैभन्दा आलोचित सरकार पनि यही नै हो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको करिब साढे दुई वर्ष बितिसक्दा पनि सकरात्मक प्रतिक्रिया पाएको कतै पाइएको छ । वर्तमान सरकारले केही राम्रा कामहरू नगरेको होइन तर, कोरोना महामारीको संकटको अवस्थामा समेत यो सरकार भ्रष्टाचारमा लिप्त भएको जनताको आरोप छ । तर, सरकारले आफ्ना जनताको आवाज सुनेको छैन । आफ्नै तारिफमा व्यस्त छ । प्रधानमन्त्री ओलीको यो पछिल्लो अभिव्यक्ति यहीको उदाहरण हो । सोमबार प्रधानमन्त्री ओलीले भने, ‘अहिले विभिन्न पक्षले सरकार परिवर्तन हुँदै छ भन्नेजस्ता नकारात्मक सन्देश फैलाइरहेका छन् । यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।’ उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको आरोप लगाए । साथै, छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको पनि उनले बताएका छन् । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको दाबी थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक ताप्लेजुङ पुगेका ओलीले हालसम्म कञ्चनजंघामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने बताएर स्थानीयलाई खुसी बनाएका छन् । सो अवसरमा कञ्चनजंघा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्साबासी उत्साहित देखिएका थिए । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयबासी हर्षित बनेका हुन् । घुन्सा नमुना गाउँ बन्नेमा समेत उनीहरू विश्वस्त देखिए । विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पु¥याउनु परेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेकोजस्ता पीडा स्थानीयबासीमा ताजा छ । तर, घुन्साबासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिएकी छन् । प्रधानमन्त्रीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता रहेको टोली सोमबार इलाम जाने कार्यक्रम भए पनि मौसम खराबीका कारण घुन्साबाटै काठमाडौं फर्किएका छन् । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो । प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको संगमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०३:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP