Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भारतीय स्थल सेना प्रमुखको नेपाल भ्रमण
भारतीय स्थल सेना प्रमुखको नेपाल भ्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १९, २०७७
Hardik health
सम्बन्ध सुधार होला त ? काठमाडौं– भारतीय स्थल सेनाका प्रमुख मणिमुकुन्द नरवणेले नेपालमा भ्रमण गरे पनि सर्वसाधारणको तहमा नेपाल र भारतबीचको सम्बन्ध सुधारमा भने खासै प्रगति नहुने देखिएको छ । खासगरी नेपालले आफ्नो नयाँ नक्सा जारी गरेपछि तिनै प्रमुख नरवणेले नेपालमाथि गरेको टिप्पणीका कारण यो भ्रमणले सर्वसाधारणको तहमा सम्बन्ध सुधारमा भने प्रगति नहुने देखिएको हो । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतलाई समेटेर नयाँ नक्सा जारी गरेपछि प्रमुख नरवणेले कालापानीका विषयमा बोल्दै नेपाली जनता र सरकारद्वारा लिइएको अडानलाई ‘अरु कसैको उक्साहटद्वारा गरिएको’ भनी २ जेठ ०७७ मा भारतको राजधानी नयाँ दिल्लीको एक सार्वजनिक कार्यक्रममा बोलेपछि नेपालमा यसविरुद्ध निक्कै आक्रोशपूर्ण भनाइहरू सार्वजनिक मात्र भएन, भारतीय दूताबासअघि नेपालीले धर्नासमेत दिएका थिए । तिनै प्रमुख नरवणे तीनदिने नेपालका लागि बुधबार नेपाल आउ“दै छन् । उनको भ्रमणलाई अहिले नेपालका साना दल र केही नागरिक अगुवाहरूले विरोध गरिहेका छन् । नेपालले उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने कार्यक्रम छ । यसबारे नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले भारतका सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । नेकपा मालेका महासचिव सिपी मैनालले मंगलबार विज्ञप्ति जारी गरी मानार्थ महारथी उपाधि दि“दा कालापानी क्षेत्रमा भारतले गरेको नेपाली भूमि कब्जालाई प्रकारान्तरले सामान्य कार्य ठानेको सन्देश जाने दाबी गरेका छन् । त्यति मात्र नभएर नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभूषित गर्नु किमार्थ पनि उपयुक्त नहुने विज्ञप्तिमा भनिएको छ । प्रमुख नरवणेले नेपालप्रति दिएको अभिव्यक्ति फिर्ता नलिएको अवस्थामा उनलाई नेपाल सरकारले ‘मानार्थ महारथी’को पदवीले विभूषित गर्नु उनको गलत अभिव्यक्तिप्रति समर्थन गरेको सन्देश जाने महासचिव मैनालीले स्पष्ट पारेका छन् । दुई देशबीचको पुरानो सम्बन्धका कारण एक देशले अर्को देशको सेना प्रमुखलाई ‘मानार्थ महारथी’ दिने चलन रहेको छ । यहि चलनअनुसार नेपालले प्रमुख नरवणेलाई नेपाली सेनाले सो पदले सुशोभित गर्न लागेको हो । तर, यो भ्रमणको विरोध भइरहेको छ । सीमा विवादका कारण विगत केही महिनादेखि काठमाडौं र नया“दिल्लीबीच राजनीतिक तहमा खटपट हुँदै आएको बेला प्रमुख नरवणेको भ्रमणले भने केही मथ्थर पार्ने नेपाली अधिकारीहरूको बुझाइ छ । त्यसैले नै यो भ्रमणलाई चासोका साथ हेरिएको छ । विश्लेषकहरूले भने यो भ्रमणले राजनीतिक तहको सम्बन्धलाई पुनः अगाडि बढाउन सहयोग मिल्ने धारणा बाहिर ल्याएका छन् । यसअघि, भारतले कश्मिरलाई कब्जा गरेपछि नेपालको भूभागलाई आङ्खनो नक्सामा राखेर नक्सा सार्वजनिक गरेकोे थियो । यसको विरोध भएपछि नेपाल सरकारले पनि कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई आफ्नो नक्सामा राखेर नया“ नक्सा सार्वजनिक भएपछि जनस्तरमै नेपाल र भारतबीच ठूलो विवाद कायम छ । बुधबार नेपाल प्रस्थानको पूर्वसन्ध्यामा प्रमुख नरवणेले भने आफ्नो नेपाल भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुने सन्देश दिएका छन् । मंगलबार भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा उनलेले यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने भनेका छन् । उनले नेपालको राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन् । उनले नेपाल भ्रमणका क्रममा रक्षामन्त्रीसमेत रहेको प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेछन् । यो भ्रमणले दुई मुलुकबीच रहेको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउँदै समझदारीको उचाइँमा पु¥याउने विश्वास दुवै तर्फबाट व्यक्त भएका छन् । यसअघि नै नेपाली सेनाले प्रमुख नरवणेको भ्रमणले दुई मुलुकबीचको सम्वन्ध सुधार र सहकार्यको औपचारिक थालनीको खुड्किलो भनिसकेको छ । उच्च अधिकारीहरूले यसरी भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणलाई परम्परागत भ्रमणको रूपमा हेरिए पनि यो राजनीतिक र कूटनीतिक भ्रमणको तयारीको रूपमा लिइएको छ । त्यसमाथि प्रमुख नरवणेको नेपाल भ्रमणलाई नया“ दिल्लीले पनि निक्कै उत्सुकताका साथ हेरिरहेको बताइन्छ । यो भ्रमणमा नेपाली सेनाले पनि आफ्नो देशको सीमाका बारेमा विषय उप्काउन सके मात्र नेपालको शीर उ“चो हुने, अन्यथा हात्ती आयो, हात्ती आयो फुस्सा हुने नेपाली राजनीतिक विश्लेषकहरूले बताइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ०४:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP