Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • लाखौँको अवैध मालसामान प्रहरीद्वारा बरामद
लाखौँको अवैध मालसामान प्रहरीद्वारा बरामद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २१, २०७७
Ajay kc
Hardik health
नवलपरासी पश्चिम– नवलपरासी पश्चिम प्रहरी प्रमुख एसपी अजय केसीको अपरेसनले २ वटा पिकअप गाडी र १ मोटरसाइकलसहित अवैध मालसामान बरामद गरेको छ । जिल्लामा आएदेखि तस्करविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका एसपी केसीको सक्रियतामा मंगलबार अवैध सामान ओसार–पसारमा संलग्न २ वटा पिकअप गाडी र १ मोटरसाइकलसहित २२ लाख ७९ हजार ९ सय रूपैयाँ मूल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको हो । एसपी केसीले जिल्ला मातहत रहेका युनिट इन्चार्जहरूलाई समेत तस्करसँग लसपस पाए सिधै निलम्बन गर्ने चेतावानी दिँदै आएका छन् ।त्यसै क्रममा मंगलबार बा १५ च ७९८५ र लु २ च ९२७५ नम्बरको २ वटा पिकअप गाडीमा भारतबाट नेपालतर्फ भन्सार छली अवैध रूपमा मालसामान भित्र्याउँदै गरेको सूचना पाएपछि उनले ती गाडीहरूलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका–२ हरपुरबाट १२० बोरामा ६ हजार केजी (प्रत्येक पिकअपमा ६० बोरा) प्याज बरामद गरेको छ । उक्त प्याजको अन्दाजी मूल्य ३ लाख बराबर र २ वटा गाडीको १६ लाख (प्रतिगाडी ८ लाख) गरी जम्मा १९ लाख बराबर मूल्य रहेको प्रहरीको अनुमान छ । दुवै गाडीका चालकसहित बरामद प्याज र २ वटै पिकअप गाडी मंगलबार नै आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार नै भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली मालसामान लु ५६ प ६८९४ नं. को मोटरसाइकलमा राखी ल्याउँदै गरेको थान कपडा २७० मिटर, साडी ५१ पिस, लेडिज ३० पिसलगायत कपडा इलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका–३ कुस्माबाट मोटरसाइकलसहित बरामद गरेको छ । उक्त बरामद सामानको अन्दाजी मूल्य ८७ हजार ९ सय र मोटरसाइकलको अन्दाजी मूल्य १ लाख गरी जम्मा १ लाख ८७ हजार ९ सय बराबर रहेको छ । उक्त सामान मोटरसाइकलमा राखी ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखी मोटरसाइकल र सामान छाडी मानिस भागेका थिए । बरामद कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि मंगलबार महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार नै नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अन्दाजी १ लाख ४० हजार मूल्य बराबरको ३५ बोरामा १ हजार ७ सय ५० केजी हरियो मटर (केराउ) सुस्ता गाउँपालिका–५ ठाडीघाटबाट इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । उक्त मटर साइकलमा राखी लैजाँदै गर्दा प्रहरी टोलीलाई देखी बोरा फाली साइकलसहित मानिस भागेका थिए । त्यस्तै, नेपालबाट अबैध रूपमा भारततर्फ लैजादै गरेको अन्दाजी ५२ हजार रूपैयाँ मूल्य बराबरको १७ बोरामा ६५० केजी सेतो मटर (केराउ) प्रतापपुर गाउँपालिका –५ बसहियाबाट प्रहरी चौकी बसहियाको प्रहरी टोलीले बरामद गरेको छ । बरामद मटर मंगलबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।  
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP