Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुविधाको लोभमा १२ सय कृषक ठगिए
सुविधाको लोभमा १२ सय कृषक ठगिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २१, २०७७
Wheet
Hardik health
दोलखा– दोलखा जिल्लाको भीमेश्वर नगरपालिकासहित बिगु गाउँपालिका र गौरिशङ्कर गाउँपालिकाको पशुपालक तथा कृषि ब्यायबसायमा संलग्न कृषकहरूलाई आकर्ष सेवा सुबिधासहितको लोभ देखाइ तीन स्थानीय तहका १२ सय जना कृषक ठगीमा परेको खुल्न आएको छ । असोसिएसन अफ एग्रीकल्चर नेपाल नामक कम्पनीले विभिन्न कृषक बाट ५ सय देखि २ हजार सम्म उठाएर सो कम्पनीले करिब ५० लाख उठाएर कम्पनीको कार्यलय भिमेश्वर नगरपालिका स्थित चरिकोटमा रहेको डाक कार्यलय बन्द गरि सम्पर्क बिहिन भएका छन् । बिउ तथा बिरुवा, पशु चौपाया उपलब्ध गराउने आश्वासन देखाइ कृषकको घरदैलोमै पुगेर कम्पनीले भीमेश्वर नगरपालिकामा ८२९, गौरीशंकर गाउँपालिकामा २८५ र विगु गाउँपालिकामा ५० कृषक ठगिमा परेको पीडितको आरोप छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी २०७५ सालदेखि भीमेश्वर नगरपालिका लगायत अन्य केही स्थानीय तहको स्वीकृतिमा कम्पनीले सामाजिक परिचालक भनी आफूलाई नियुक्ति दिएको भीमेश्वर नगरपालिका–३, तार्थलीकी सुन्दरी कार्कीले बताइन् । बिउबिजन, बोटविरुवा निःशुल्क उपलब्ध गराउने, उन्नत जातका पशुहरू खरिद गर्न ५० प्रतिशत रकम किस्तावन्दीमा तिर्ने गरी लगानी गर्ने, सीपका आधारमा ५० प्रतिशत छुट दिने आश्वासन दिएपछि आफूहरूले किसानलाई सदस्य बनाएको उनको भनाइ छ । दुईसय कृषकको पिरामिड बनाएपछि सदस्य बनाउने परिचालकलाई ५० हजार रकम उपलब्ध गराउने आश्वासन कम्पनीले दिएको थियो । ११ जना कर्मचारी नियुक्त गरी सक्रिय सदस्य बापत २ हजार तथा सदस्यलाई ५ सय लिइ सदस्य बनाइने गरेको कर्मचारीहरूले बताए । कर्मचारीहरूले एक वर्षदेखिको तलब नपाएपछि जिल्ला प्रशासनमा उजुरी गरेका छन् भने ठगिएका कृषकले प्रहरीमा उजुरी दर्ता गराएका छन् । एग्रो फरेष्ट्री प्रोजेक्ट भन्दै एउटा अगरउड र दुईवटा कागतीको विरुवा आफूहरूले प्राप्त गरेको भीमेश्वर नगरपालिका–३, राउतगाउका संजिव राउतले बताए । भीमेश्वर नगरपालिका–७, साखिनेका पशुपालक कृषक हरिबोल बस्नेत, सुवास बस्नेत, रुद्र बस्नेत तथा सुदर्शन बस्नेतबाट कम्पनीले ८०–८० हजार रूपैयाँमा उन्नत जातको गाई ल्याइदिने भनी ४०–४० हजार रूपैयाँ लिएको किसान हरिबोल बस्नेतले बताए । ‘उन्नत गाई ल्याइदिने भनेपछि ५० प्रतिशत रकम भनी ४०–४० हजार बुझायौं तर न त गाई आयो न त पैसा नै पाइयो,’ बस्नेतले भने, ’बरु, गाईपालनको लागि खरिद गरेको ५० भारी पराल कुहियो ।’ कम्पनीका कर्मचारीहरूले फोटो टाँसेर किसान परिचयपत्र भन्दै गाउँगाउँमा बाँड्न लागेकोले सरकारी परिचयपत्र नैं होला भनेर आफूले पनि दुई हजार तिरेर सदस्यता लिएको विगु गाउँपालिकाका कृषक भीमबहादुर श्रेष्ठले बताए । किसानलाई ढाँटेर लिएको पैसा साँवाब्याजसहित फिर्ता गर्नुपर्ने गौरीशंकर गाउँपालिकाकी कृषक डोल्मा शेर्पाले बताइन् । २०७६ असोज ३ गतेबाट कार्यालय बन्द भएपछि कम्पनीका संचालक गणेशदत्त भट्टसँग सम्पर्क गर्दा केही समयसम्म गाई ल्याइदिने भने पनि पछि मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको कर्मचारीको भनाइ छ । प्रशासनमा भट्ट विरुद्ध उजुरी परेको तथा निजलाई प्रहरीमार्फत खोज्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए । बाँके जिल्लाको तत्कालीन कोहलपुर नगरपालिका–११, ठेगाना राखी एसोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालि नामक कम्पनी २०७३ माघ ९ मा कम्पनी राजिष्ट्रारको कार्यालयमा दर्ता भएको रेकर्ड छ । कम्पनी संचालक भट्ट कञ्चनपुर जिल्लाको तत्कालीन झलारी गाविस–२ का स्थायी बासिन्दा हुन् । भट्टले कम्पनीको सञ्जाल ६२ जिल्लामा फिँजाएको कर्मचारीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP