Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • महिला हिंसा र म्याडोना
महिला हिंसा र म्याडोना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २०, २०७७
sudip
Hardik health
चार वर्ष अघि, म काठमाडौंको एक स्कुलमा पढाउँथे । एकदिन स्कुलमा एकजना गुरुआमाले नौं कक्षामा अध्ययनरत एक छात्रा विद्यार्थीलाई हातमा समातेर तान्दै स्टाफ रुमभित्र ल्याइन् । आक्रोसित गुरु’माले ती छात्रालाई निकै कराइन् । लाजले रातो अनुहार लगाएकी छात्रा घोप्टो परेर ‘आइ एम् सरी म्याम’ भनिरहिन् । पछि छुट्टिने बेलामा थाहा भो– छात्रा विद्यार्थीले आफ्नो साथिलाई गम्लंग अङ्गालो हालेर ‘किस’ गर्दै बाई भनेकी रहिछिन् । त्यहीँ दृश्य देखेर ँ गुरु’माले छात्रालाई स्टाफ रुमभित्र बोलाएर हप्की दप्की गरेकी रहेछिन् । विद्यालय परिसरभित्रको कक्षाकोठामा अङ्गालो र किस गर्न अमर्यादित र विद्यार्थीलाई नसुहाउने तर्क थियो ती गुरु’माको । गुरु’माले ती छात्रालाई त्यसरी सम्झाउनु वा कराउनु स्वभाविकै थियो जबकि उनी विद्यायलयमा पालन गर्नुपर्ने नियमविपरीत थिईन् । तर, अचम्मको कुरा चाहीँ के भइदियो भने गुरु’मा उक्त छात्रालाई हरेक पल्टको गालीमा– ‘छोरी मान्छे भएर...’ भन्ने वाक्य दोहोर्याइरहेकी थिइन् । नेपाली समाजको नागरिक भएकोले त्यो घटनाले मलाई त्यति नै बेला त खासै छोएन । तर, जब आज म विश्वविद्यालयको एक विद्यार्र्थी भएर ‘फेमिनिस्ट लिटरेचर’ को टेक्स्टहरुमा घोत्लिरहँदा खुुब सकसक अनि नमिठो लाग्छ । देब्रे र दाहिने दुवै दिमागलाई सोध्छु– जाबो अङ्गालो हालेर म्वाँइ खाँदै बाई भनेकोमा गाली र बेइज्जति भोगेकी ती इनोसेन्स छात्रा, केवल केटी हुनुले अमर्यादित ठहरिइन् । ती केटीको स्थानमा केटा (छात्र) भइदिएको भए ती गुरु’माले देखाउने स्वभाव कस्तो हुन्थ्यो होला ? के यस्ता घटनाले नेपाली समाजको परिवेशमा महिलामाथि हुने हिंसा र अपराध हाम्रो साझा समस्या बनेको छैन र ? मैले यो घटना किन पनि भनिरहेको छु भने, ‘छोरी’ भएर जन्म लिनु अभिशाप नै हो । के नेपाली समाजमा ‘छोरा’ मात्रै जन्माउनुपर्ने हो र ! त्यसो हो भने भोलिको देशको कर्णाधार भनेर सिकाउने विद्यालयकी गुरु’माबाटै ‘छोरी भएर..’ किन सिकाइन्छ ? ती गुरु’माले आफ्ना सन्तानलाई के पाठ सिकाउँदी हुन् ! उनी कुन अवस्थामा घरमा बस्दि हुन्, सायद उनको श्रीमान अनि परिवारले पनि ‘छोरी मान्छे भएर..’ भन्ने पाठ नै दिनरात रटाउँदो हो । यो माथिको घट्नाले त्यहिँ चित्रण गर्छ, छोरी भएर हुर्किनु र त्यसपछि समाजमा सामना गर्नुपर्ने चुनौती कति रहेछ । स्त्री भएकै कारण अरुबाट भिन्न ब्यवहार, उपेक्षा र हेय प्रतिक्रिया वास्तवमा नै निन्दनिय हो । भौतिक रुपमा एक पुरुष हुनाको नाताले मैले बनाएको संसार प्रतिको धारणा मेरी बहिनीले देखेको वा बुुझेको संसारभन्दा पक्कै पनि बेग्लै हुन्छ होला । म कहिलेकाहीँ बहिनीलाई भन्ने गर्छु, ‘बाटोमा वा कतै तिमीलाई कसैले दुुब्र्यवहार गर्यो भने त्यसको बाबजुद पछि हट्ने होइन, जमेर थप्पड हान्नु ।’ बहिनीले निर्धक्क ‘हुन्छ’ त भन्छ तर मलाई थाहा छ– ऊ झगडा त के अझैँ मैले देख्ने गरी आफ्नो ‘अन्डरवेर’सम्म खुल्ला ठाउँमा सुकाउँदैन वा मैले देख्ने ठाँउमा आफ्नो स्यानिटरी प्याड राख्न समेत हिच्कीच्याउँछ । मैले बल्ल यो बुुझिरहेको छु, त्यो त मैले मेरी बहिनीमाथि मैले गरिरहेको एक प्रकारको हिंसा नै रहेछ । अझ भनौँ, मनोबैज्ञानिक दमन वा हिंसा । मैले बहिनीलाई त्यसरी हौसला दिँदा उसलाई असहजपन भएको रहेछ, जानी नजानि । थाहै नपाई उसलाई मैले अपमान र बेवास्ता पो गरिरहेको रहेछु । जबकि बाटोमा वा कतै तमाथि जाइलाग्नेलाई तह लगाउनु त्यहिँ भनिरहँदा मैले उसलाइ कहिल्यै पनि दुुईवटा स्यानिटरी प्याड किनेर दिने चेष्टा गरिने । जुन दाहित्व मैले निर्वाह गर्नुपथ्र्याै । बन्दुकको उत्तर फूलले होइन बन्दुकले नै दिनुपर्छ भनेझैँ भौतिक आक्रणमाथि जाइ लाग्नेलाई त्यहिँ उत्तर फर्काउनुपर्छ भन्ने मैले यो दायित्व कहिल्यै निर्वाह गरिने । मैले बहिनीलाई भौतिक आक्रमणको जवाफभन्दा यतातिर सहजपन बनाईदिएर दाई हुनाको दायित्व र जिम्मेवारी पूरा गरिदिनुपथ्र्याै । तर, म जस्ता लाखौँ दाजुहरुले आफ्ना बहिनीहरुलाई पुुरुष हैकमवादी सोँच थोपर्दछ र, महिला हिंसाले जन्म लिइदिन्छ, थाहै नपाइ । कयौपटक मैले सुुनेको र देखेको छुु, मेरो हाइस्कुुलको सामाजिक शिक्षकले भन्नुुभएको– छोरी मान्छेको घाँटीमा रुद्रघन्टी हुुँदैन, त्यसकारण पनि कुनै कुुरा मनमा राख्न सक्दैनन् अनि ओकलिहाल्छन् । यो प्रसंगबाट पनि प्रष्टिन्छ किन हामिले सामाजिक रुपमा आफ्नै छोरी, चेली, बहिनीहरुलाई कसरी हेरिरहेको रहेछौँ त । मैले महिला हिंसासम्बन्धि केही घटनाहरु देखे तर, मैले निन्दा र विरोध गर्न सकिन । सार्वजनिक साधनमा यात्रा गर्दा नजानिदो पाराले नजिकै बस्ने राम्री केटीको शरिर सुुम्सुुमाएको किस्सा सुुनाउने मेरो साथिभाइलाई सर्तक कहिले गराइन । क्याम्पसमा आफ्नो छात्रा सहपाठीको स्तनको फोटो खिच्न खोज्ने मेरा साथिहरुलाई सम्झाउन मैले जरुरी ठानिन । सामुुहिक फोटो खिच्दा आफ्नो छात्रा सहपाठीको हिपमा हात राख्ने साथीको ध्यानलाई भंग गर्न सकिन । चुुप लागेर बसिदिएँ । हुुन त ‘पोथी बास्यो भने धुुरी कटाउनुु पर्छ’ भन्ने कठोर संस्कारबाट हुुर्किएर आएको मेरो बबुुरा मस्तिष्कले यसविरुद्ध उत्रने आँट पनि गरोस् कसरी ? यी सबै नहिच्किच्याइ किन भनिरहेको छुु भने महिलामाथि हुुने कुनै पनि प्रकारको हिंसामा सरिक नभए पनि म ती तमाम् गतिविधिहरु हेरेर बस्छुु भने त्यो आफैँ हिंसामा संलग्न भए जति भएन र ? सोध्छु आफैँले आफैँलाई, ‘मजस्ता केटाहरु जो हिंसामै नउत्रिएर यसरी नै मौन बसी हिंसामा थप बल दिइरहेछन् ।’ महिला हिंसाका समाचारले पत्रिकाको फ्रन्ट भरिएको देख्छु । र, मैले पढ्ने विश्वविद्यालयको अंग्रेजी पाठ्यक्रमको ‘वुमन स्टडी’ का टेक्स्टहरु झलझली आँखामा नाच्न थाल्छन् । त्यो टेक्सटमा पुरुषसरह नै सशक्ति ढंगमा उत्राइने महिला मैले बाँचिरहेको समाजमा फरक प्रकृतीको पाउँछु । जबकि कक्षाकोठाभित्र ‘महिला पुरुषभन्दा के मा कमी छे’ भनेर मलाई अकमक्क बनाउने सहपाठी केटी साथी बाहिर आएपछि झोक्रिएको देख्छु । खै किन होला ? समाज र मैले पढ्नुपर्ने ‘टेक्स्ट’ बीचको भिन्नताहरु केलाउँछुु । धमिलो पानीमा माछा देखेझैँ यिनीहरुबीचको केही भिन्नता छुट्याउन थालेको छु । विस्तारै आफैँ प्रति आलोचनात्मक हुुन खोजिरहेको छु । यद्यपि, महिला हिंसामा म आफैँ गलत छु भनेर भन्न सक्ने भएको छुु । र, विश्वविद्यालयको विद्यार्थी भएर के गर्नु सामाजिक हिंसालाई बुझ्ने ल्याकत मसँग कहाँ रहेछ । चिया गफमा मेरा सहपाठीहरु भन्ने गर्छन्– सतीप्र्रथा र दास प्रथा भोगेर आएको हाम्रो समाज आजको उन्मुुक्त पुुस्तासम्म आइपुुग्नुु निकै ठूलो उपलब्धी हो । तर, मलाई त्यस्तो लाग्दैन । के नेपाली समाजको सन्दर्भमा महिला उन्मुुक्त छ भनेर दाबी गर्ने हामी उहीँ एकलकाँटे र बन्द समाजको समर्थक छैनौँ र ? हिजोका दिनहरुमा महिलाहरुले छोरा नजन्माउदा घरबाट खेदिनुुु पथ्र्यौ । यतिसम्म गरिन्थ्यो कि दीर्घ रोगी वा धेरै बोलेमा समेत पुुरुषले पारपाचुुके गर्न मान्यता थियो । होला आज त्यो दृश्यमा केही फेरबदल भएको छ तर, महिला पुरुषको केवल एउटा हिस्सा हो भनेर सोच्ने र चिन्तन गर्ने विचार बद्लिएको छैन । साथीहरुले यो पनि भन्छन्– महिलामाथि मात्र हिंसा हुने देख्नेले पुुरुष माथि हुने हिंसाचाहिँ के हो त उसोभए ? महिलाबाट महिलामाथि हुने हिंसाचाहिँ छैनन् र ? साथीहरुले यस्ता तमाम प्रश्न गर्छन् । यसबारे कुनै दिन गजबले लेख्ने नै छु । तर, महिला हिंसा नेपाली समाजको संरचनामा भएको संस्थागत हिंसा हो । र, समानताको खोजीमा महिला अधिकार भन्ने आवाज पुुरुषमाथि घृणा थुुर्पानुु होइन । यो त सम्मान, सभ्य र सुुन्दर बनाउने यात्राको आरम्भ हो । आफ्ना कुराहरु बिट मार्नुअघि फेरी नौ कक्षामा पढ्ने ती छात्राकै प्रसंग उप्काउन चाहन्छु । गुरु’मा बाट त्यसरी हप्कीदप्की खाएकी छात्रा अहिले आजकाल मोडलिङ गर्दिरहिछिन् सोच्छु–उनलाई आजकल त्यो पूरानो घटनाको याद आउँछ कि आउँदैन होला ? एकदिन भेटेर सोध्न मन छ । अन्तमा म्याडोनाको भाषामा, ‘म प्रतिस्पर्धी र महत्वकांक्षी छुु र मलाई ठ्याक्कै थाहा छ, म जीवनमा के चाहन्छुु । यदि यसो हुुँदा मलाई कसैले ‘बाइफाली आइमाई’ देख्छन् भने, त्यो उनीहरुको समस्या हो । म यसमा आफ्नो समय बर्बाद गर्दिन ।’ त्यसैले त मलाई म्याडोना निकै मन पर्छ । – सुुदीप राइ, हाल सरस्वतीनगर, कपन, ९८१५९७३८७१  
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP