Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दोर्दीको २७ मेगावाट पुसदेखि थपिँदै
दोर्दीको २७ मेगावाट पुसदेखि थपिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १३, २०७७
Light
Hardik health
लमजुङ– लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा उक्त मितिमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीका साथ कामलाई अघि बढाइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले बताए । उनले भने, ‘बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युतगृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भइरहेको छ ।’ करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरू फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विं सं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि काम थालनी भएपछि भएको नाकाबन्दी, अघिल्लो वर्खामा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण कार्य सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो तर कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा समेत निर्माण कार्य सम्पन्न हुन नसकेपछि आगामी पुस महिनाबाट बिजुली निकाल्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड रहेको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ । आयोजनाका कार्यकारी प्रमुख गुरूप्रसाद ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा २०६९ असार १ गतेपिपिए सम्झौता भएको थियो । सुक्खा याममा आठ रूपैयाँ ४० पैसा र वर्षायाममा चार रूपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ । रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करीब रु चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ । गैरआवसीय नेपाली संघको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रूपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । बाँधस्थल र विद्युत्गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ«े मेटल एण्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP