Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘सरकारले एजेन्ट भएर काम गर्न मिल्दैन’
‘सरकारले एजेन्ट भएर काम गर्न मिल्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १३, २०७७
download
Hardik health
काठमाडौं– प्रगतिशित वैदेशिक रोजगार मञ्च, नेपालका संयोजक रामप्रसाद भान्तनाले सरकारले जिटुजीमार्फत इजरायलमा नेपाली कामदार पठाउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारले ‘एजेन्ट’ भएर काम गर्न नहुने बताएका छन् । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा सरकार आफैँले एजेन्ट भएर कामदारबाट पैसा लिई टिकट किनिदिनु राज्यको अवधारणाविपरीत रहेको भन्दै कामदारलाई इजरायल पठाउने काम निजी क्षेत्रका वैदेशिक व्यवसायीहरूको रहेको उनले बताए । ‘अहिले इजरायल कामदार सरकारले नै जिटुजीमार्फत पठाउने भन्ने सुन्नमा आएको छ । तर, यो काम सरकारको होइन । यो काम निजी क्षेत्रको हो,’ उनले भने, ‘सरकार आफैँ एजेन्टको रूपमा प्रस्तुत भएर कामदारबाट पैसा लिई टिकट किनिदिनेलगायत सबै काम गर्नु राज्यको अवधारणाविपरीत हो । र, सरकार आफैँ कामदार विदेश नपठाउने भन्ने र फेरि जिटुजी प्रक्रियाबाट आफैँ कामदारबाट पैसा लिएर कामदार विदेश पठाउनु ठीक होइन ।’ निजी क्षेत्रलाई रोजगारमा पठाउने अनुमति दिँदा पनि मापदण्ड र प्रक्रिया सरकारले बनाउनुपर्ने उनले बताएका छन् । उनका अनुसार निजी क्षेत्रलाई कामदार पठाउन त्यत्तिकै अनुमती दिने होइन, अनुगमन गरिनुपर्छ । यदि, नियम नबनाई निजी क्षेत्रलाई दिइएको खण्डमा अझ विकृति फैलिने पनि उनले बताए । यसरी निजी क्षेत्रमार्फत इजरायल कामदार पठाउँदा त्यसका लागि ‘प्रोटोकल’ बनाउनुपर्ने र त्यहीअनुरूप व्यवसायीले कामदार पठाउनुपर्ने उनले बताएका छन् । तर, केही दिनअघि मात्र जिटुजीमार्फत इजरायलमा कामदार पठाउन सरकारले श्रम सम्झौता गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिइसकेका छन् । ‘नेपाल र इजरायलबीच जिटुजीमार्फत कामदार पठाउने श्रम सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । र, सरकारले केयर गिभरमा मात्रै कामदार जान पाउने गरी इजरायलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको छ,’ केही दिनअघि मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग भनेका छन् । साथै, दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी मन्त्रिपरिषदको बैठकले राजदूत अञ्जना शाक्यलाई दिएकोसमेत उनले जानकारी दिएका छन् । तर, सरकारको यो कदम र रबैया गल्ती भएको भन्दै सरकारले तत्काल उक्त निर्णय सच्याउनुपर्ने संयोजक भान्तनाको दाबी रहेको छ । ‘यदि सरकारले नै सबै काम गर्ने हो भने निजी व्यवसायीको के काम ? सरकार आफैँले मापदण्ड बनाएर निजी व्यावसायीलाई वैदेशिक रोजगारसम्बन्धि काम गर्न दिएको छ,’ उनले भने, ‘तर, समय समयमा सरकार आफैँ व्यवसायी झस्काउने र आफूले नसक्ने काम गरिरहेको छ । त्यसैले सरकारले यो कदमबाट हात झिकेर सम्बन्धित निजी व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ ।’ संयोजक भान्तनाका अनुसार हाल ५ सय जना कामदार जिटुजीमार्फन् केयर गिभरका लागि पठाउन लागिएको छ । जसमा महिला कामदारको संख्या २० प्रतिशत र पुरुष कामदारको संख्या ८० प्रतिशत रहेको उनले बताए । यसभन्दा अघि पनि सरकार आफैँले जिटुजीमार्फत इजरायल कामदार पठाउने भने पनि सय जना कामदार पनि इजरायल पठाउन नसकेको संयोजक भान्तनाले बताएका छन् । अहिले पनि उही शैलीमा ५ सय जना कामदार इजरायल पठाउँदा बिमालगायत शुल्क कामदार आफैँले व्यहोरेर पठाइने भनिए पनि विगतकै अवस्था सिर्जना हुने र अब उक्त जिम्मेवारी निजी क्षेत्रलाई दिनुपर्ने उनले बताए । यसरी जिटुजीमार्फत सरकार आफैँलै श्रम सम्झौता गर्न लाग्नु गलत हो र यो जिम्मेवारी निजी क्षेत्रको हो भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई भनिएको र यसबारेमा विचार गर्ने मन्त्री यादवले विश्वस्त तुल्याएको पनि उनले बताएका छन् । उनका अनुसार इजरायल आफैँले पनि श्रमिक पठाउने काम गरेको छैन र नेपाल सरकारले पनि गर्न हुन्न । हाल इजरायलमा थाइल्यान्डबाट सबैभन्दा बढी कामदार श्रम गर्न पुग्ने गरेको र फिलिपिन्सलगायत देशबाट कामदार श्रम गर्न जाने गरेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ०५:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP