Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जिम्मेवारीबाट पन्छिए मन्त्री भट्टराई
जिम्मेवारीबाट पन्छिए मन्त्री भट्टराई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ८, २०७७
Hardik health
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नोबेल कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा समस्या परेका नेपाली श्रमिकको उद्धार आफ्नो मन्त्रालय मातहतमा नभएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । वैदेशिक रोजगार पत्रकार समाजद्वारा बुधबार ‘कोभिड–१९ः प्रवासी कामदारहरूको उडान समस्या विषयक’ आयोजित भर्चुअल कार्यक्रममा श्रमिकको उद्धार श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित दूताबासको रहेको भन्दै मन्त्री भट्टराई पन्छिन खोजेका हुन् । मन्त्री भट्टराइले भने, ‘श्रमिकको उद्धारसम्बन्धि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयले र सम्बन्धित दूताबासको जिम्मेवारी हो । हामीले केवल उडानमा मात्र सहायता गर्ने हो ।’ श्रमिकलाई फर्काउँदा चर्को भाडा असुलेको भन्ने विषयमा उनले धरै बोल्न चाहेनन् । विश्वभर नै उडान बन्द हुँदा भाडा चर्को हुनु स्वभाविक रहेको र यसलाई आलोचनाको विषय नबनाउन उनले बताए । गत ९ चैतमा लकडाउन घोषणासँगै सरकारले नियमित उडान बन्द गराएको थियो । कोभिड–१९ सँग भागेर, डराएर मात्र नभएर आमने–सामने भई जुध्नुपर्ने अवस्था आएको भन्दै कोभिडले विश्वभर ५० प्रतिशत मात्र उडान भइरहेको यसले गर्दा नेपालीहरूका लागि पनि भाडा महँगो भएको बताए । अमेरिकाजस्तो मुलुकमा ४० प्रतिशत मात्र उडान भइरहेको उदाहरण दिँदै विदेशी भूमिमा नेपाली अलपत्र परेपछि ३२ जेठबाट चार्टर्ड उडान सुरु गरेको उनले बताएका छन् । भदौ महिनाको १६ गतेबाट सिमित उडान भइरहेको उनले बताए । यता भारत र नेपालमा भने उडान भएको छैन । कुनै देशको हवाइ सम्झौता सरकारले गर्ने होइन । जस्तो कि नेपाल एयरलाइन्स र हिमालयन एयरलायन्सको भाडादर सरकारले तोक्ने होइन, यदि हदभन्दा बढी भयो भने मात्र सरकारले यसमा निगरानी गर्ने हो । अहिले विश्वभर नै स्थिति प्रतिकूल हुनाले भाडादर अत्याधिक महँगो भएको उनले बताए । यसैगरी कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उद्धारसम्बन्धि दूताबाससँग पूर्वतयारीका साथ सहकार्य नगर्दा समस्या आएको बताएकी छन् । उनका अनुुुसार ओमानबाट हालसम्म छ वटा चार्टर गरी सरकारले तोकेको भाडाबमोजिम करिब तीन हजारको संख्यामा कामदारहरू स्वदेश फर्र्काइएको छ । थप उडान २५ सेप्टेम्बरमा रहेको उनले जानकारी दिइन् । आप्रवासी विज्ञ रामेश्वर नेपालका अनुुुुसार गत १० चैतबाट अन्तर्राष्ट्रिय उडान नभएसँगै २ लाख ७७ हजार ५ सय नेपाली श्रमिकको श्रम स्विकृति अवधि सकिएको छ । अहिले कुन अवस्थामा छन्, फर्कनका लागि निवेदन भर्न पनि नसकेको श्रमिकको गुनासो रहेको सुनिएको उनले बताए । त्यस्तै, दूताबासहरूले सामान्य जिम्मेवारी पनि बहन गर्न नसक्ने अवस्थामा सरकारले उनीहरूमाथि झन् जिम्मेवारी थपिदिएको पनि उनले बताएका छन् । विदेशी भूमिमा अलपत्र परेका नेपालीहरूबाट ३ गुणा बढी भाडा असुलिएको भन्दै असन्तुष्टि जनाए । सरकारले उद्धार गरिएको भनेर भनिरहे पनि कल्याणकारी कोषबाट अहिलेसम्म २ जनाको मात्र उद्धार गरिएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP