Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पशुपालनका लागि १३ करोड ऋण प्रवाह
पशुपालनका लागि १३ करोड ऋण प्रवाह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ८, २०७७
Donation
Hardik health
तनहुँ– गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लामा रहेका विभिन्न छ वटा बैंकले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । आर्थिक वर्ष २०७६÷७७ मा एक सय ८७ किसानले सहुलियत ब्याजदरको ऋण सुविधा लिएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार लक्ष्मी बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सनराइज बैंक र कृषि विकास बैंकले ती किसानलाई पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण प्रवाह गरेका छन् । केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका किसानले बाख्रा, कुखुरा र गाईभैसीपालन गरेको जानकारी दिए । गत आर्थिक वर्षमा लक्ष्मी बैंकले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैंकले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैंकले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैंकले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैंकले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् । लक्ष्मी विकास बैंकका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैंकबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिए । उनका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु चार लाखसम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । ‘एउटा पशुबापत बढीमा रु ९० हजारसम्म कर्जा प्रवाह गर्छौ,’ उनले भने, ‘धितोको आधारमा रु पाँच करोडसम्म सहुलियत कर्जा प्रवाह हुन्छ ।’ पशुपछीपालनका लागि बैंकले ६ दशमलव २३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ । कृषि तथा पशुपछी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनीले जवानी बस्नुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधिले तय गरेको छ । कृत्रिम गर्भाधानतर्फ पशुपालक कृषकको आकर्षण बढ्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुई जिल्लामा एक वर्षको अवधिमा ३७ हजार भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरेको जनाएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले तनहुँमा नौ हजार चार सय ५४ र नवलपुरमा २८ हजार पाँच सय ३८ पशुमा कृत्रिम गर्भाधान गरेको सो कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तनहुँमा पाँच हजार नौ सय ८८ गाई, तीन हजार चार सय १९ भैसी र ४७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । त्यस्तै नवलपुरमा २१ हजार ७ सय ६२ गाई, छ हजार ५ सय ३९ भैसी र दुई सय ३७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । तनहुँतर्फ भेटेरीनरी अस्पताल र व्यास नगरपालिकामा एक हजार ९४५, भानु नगरपालिकामा ६०२, भीमाद नगरपालिकामा २४०, शुक्लागण्डकी नगरपालिकामा दुई हजार १२१, बन्दीपुर गाउँपालिकामा २९५, आँबुखैरेनी गाउँपालिकामा दुई हजार ८०६, म्याग्दे गाउँपालिकामा ४४९ र देवघाट गाउँपालिकामा ९९६ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । त्यस्तै नवलपुरतर्फ गैडाकोट नगरपालिकाका नौ हजार ३२, देवचुली नगरपालिकाका चार हजार ६८०, कावासोती नगरपालिकाका तीन हजार ७३९, मध्यविन्दु नगरपालिकामा तीन हजार ३४०, विनयत्रिवेणी गाउँपालिकाका चार हजार २०६ र हुप्सेकोट गाउँपालिकाका तीन हजार ५४१ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । डा. श्रेष्ठका अनुसार कृत्रिम गर्भाघान गरिएका २७ हजार ७५० गाईमध्ये ६५ प्रतिशतमा सफल भएको छ । त्यस्तै नौ हजार ९५८ भैसीमध्ये ५८ प्रतिशत र २८४ बाख्रामध्ये ४० प्रतिशतको सफल गर्भाधान भएको छ । आर्थिक वर्ष २०७५÷७६ भन्दा २०७६÷७७ मा कृत्रिम गर्भाधान १२ प्रतिशतले बढेको छ । आव ०७५÷७६ मा २६ हजार ७१२ गाई, सात हजार २३७ भैसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०५:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP