Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चर्को शुल्क असुल्नेमाथि कारबाहीको माग
चर्को शुल्क असुल्नेमाथि कारबाहीको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १, २०७७
Online-education
Hardik health
काठमाडौं– अनलाइन कक्षाको नाममा चर्को शुल्क अुसल्ने शैक्षिक संस्थाहरूलाई कारबाही गर्न माग गरिएको छ । विभिन्न १३ विद्यार्थी संगठनले यस्तो माग गरेको हो । विद्यार्थी संगठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए । उनका अनुसार बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । कोभिड–१९ तत्काल नियन्त्रण नहुने र अझै एक दुई वर्ष रहने प्रक्षेपण गरिएको र वैकल्पिक सिकाइ प्रभावकारी नभएको अवस्थामा शैक्षिक सत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग अनुरोध गरिएको छ । बैठकले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदूरको कोठा भाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग मागसमेत गर्ने निर्णय गरेको छ । विद्यार्थी संगठनले कोभिड–१९ नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता तथा भ्रष्टाचारको छानबिन गरी अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कार्यवाही गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुँदा सम्पूर्ण काम अस्तव्यस्त भएकाले ती विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न अनुरो समेत गरिएको लामिछानेले बताए । बैठकले छात्रवृत्तिलाई दोब्बर वृद्धि गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले प्रवेश परीक्षा नलिई जिपिएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत तथा निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरिएको छ । विद्यार्थी संगठनले बन्दाबन्दी (लकडाउन) खुलेपछि यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरिएको प्रति आपत्ति जनाउँदै भाडावृद्धि तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वयन गर्न माग गरेको लामिछानेले जानकारी दिए । बैठकले महँगी र कालोबजारी नियन्त्रण गर्नसमेत सरकारसँग माग गरेको छ । बैठकमा अनेरास्ववियुका संयोजक ऐन महर, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल, अखिल (पाँचौँ)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठलगायत १३ विद्यार्थी संगठनका अध्यक्षको सहभागिता थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०५:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP