Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
विश्व
  • Home
  • विश्व
  • डढेलोका कारण मृत्यु हुनेको संख्या २७
डढेलोका कारण मृत्यु हुनेको संख्या २७
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २९, २०७७
Ncell
Hardik health
पोर्टल्याण्ड, संयुक्त राज्य अमेरिका–अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनेछ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ । क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् । डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । अरेगोनका गभर्नर केट ब्राउनले भने, ‘उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताएको छ । दशौं हजार आङ्खनो घर छोड्न बाध्य भएका छन् ।’ राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् । ब्राउनले भने, ‘डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।’ मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ । दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ । राष्ट्रपतीय निर्वाचन अभियान, डढेलो र मौसम परिवर्तनको चर्चा अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनमा समेत राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सोमबार क्यालिफोर्नियाको प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी आपतकालीन सेवा प्रमुखहरूसँग नियन्त्रण प्रयासबारे जानकारी लिनुहुने राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ता भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरेपनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा डढेलोको क्षेत्रबारे चर्चा गरेको थियो । ‘उनीहरूसँग यस्तो कुनै कुरा थिएन,’ ट्रम्पले शनिबार भने । ‘एकदम सरल कुरा जङ्गलको व्यवस्थापन हो । कृपया यस शब्दलाई याद गर्नुहोस् ।’ राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोड्नुभएको छ । बाइडेनले डढेलो र विनासबारे भने, ‘विज्ञान स्पष्ट छ र यी जस्ता घातक सङ्केतहरूलाई भूलबस पनि व्यवस्थापनमा त्रुटी गर्नु हुन्न । जलवायु परिवर्तनले महत्वपूर्ण र अस्थित्वगत जीवनशैलीलाई खतरा सिर्जना गरेको छ ।’ वाइडेनले भने, ‘ट्रम्पले जलवायु परिवर्तन चर्चा वेकारको अफवाह भन्दै आएका राष्ट्रपति ट्रम्पले यस वास्तविकतालाई अस्वीकार गर्ने प्रयास गर्नुभएको छ तर तथ्यहरूले जलवायु परिवर्तनको एनेन्डालाई स्वीकार गर्दै अघि बढ्न अनिवार्य शर्त भएको देखाएका छन् ।’ वायुको अन्तर्राष्ट्रिय गुणस्तरको लेखाजोखा राख्ने स्वीडेनी एक प्रविधि कम्पनी, आइक्युएयरले शनिबार र अति वायु प्रदूषण भएका विश्वका पाँच शहरहरू पश्चिमी तटीय क्षेत्रमा रहेका अमेरिकी लस एन्जेल्सदेखि क्यानाडाको भ्यानकुवर क्षेत्रमा सिमित रहेको बताएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ०५:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP