काठमाडौं- नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज उक्त रकमबराबरको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ।
राष्ट्र बैंकका अनुसार घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म गर्न सकिने छ।