काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र चाँदीको मूल्य प्रतितोला रु चार हजार ३९० कायम भएको छ।
गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो।