महामन्त्रीमा भने कांग्रेसभित्र सबैभन्दा धेरै आकांक्षी देखिएका छन्। वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः महामन्त्रीमै प्रतिस्पर्धा गर्ने तयारीमा छन्। सहमहामन्त्री उदयशमशेर राणा र बहादुरसिंह लामाले पनि महामन्त्रीमा दाबी गरेका छन्।
त्यस्तै पूर्वनेविसंघ अध्यक्ष नैनसिंह महर, देवराज चालिसे, मधु आचार्य, सुनिल शर्मा, अमरसिंह पुन र आङ्गेलु शेर्पालगायत महामन्त्रीका आकांक्षी छन्।
सहमहामन्त्रीमा पनि वर्तमान र निवर्तमान पदाधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र जीवन परियार भने पुनः सहमहामन्त्रीमा आउने तयारीमा छन्। केन्द्रीय सदस्य प्रतिमा गौतमले पनि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन्।
संसदीय दलका नेता तथा निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने अहिलेसम्म कुनै पदमा दाबी गरेका छैनन्।
नयाँ विधानअनुसार कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १७ पदाधिकारी रहने छन्। तीमध्ये १३ पदाधिकारी निर्वाचित हुने छन्। त्यसैले १५औं महाधिवेशनमा पदाधिकारीका लागि नेताहरूको दौड थप रोचक बन्ने देखिएको छ।
कसको दाबी कुन पदमा ?
सभापति
गगन थापा र किशोरसिंह राठौर
उपसभापति (२ जना)
विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, चन्द्र भण्डारीलगायत
महामन्त्री (२ जना)
प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, बहादुरसिंह लामा, नैनसिंह महर, देवराज चालिसे, मधु आचार्य, सुनिल शर्मा, अमरसिंह पुन, आङ्गेलु शेर्पालगायत
सहमहामन्त्री (८ जना)
महेन्द्र यादव, जीवन परियार, प्रतिमा गौतमलगायत