Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जोडी चल्लालाई पाँच हजार !
जोडी चल्लालाई पाँच हजार !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २८, २०७७
Chicks
RBB RBB
बाग्लुङ– दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्ममा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा संख्या सात सय बढी छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ । कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन् । ‘बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ’, उनले भने । सापकोटाकाले व्यावसायिक रूपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पाल्नुभएको हो । फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ । ‘मासुका लागि भन्दापनि चल्ला बेच्ने उद्देश्य हो,’ उनले भने, ‘काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ ।’ महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ । ‘यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्’, उनले भने । स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ । भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए । कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यावसायिक रूपमा पाल्न थालिएको छ । यसको मासु र अण्डालाई शक्तिबद्र्धक मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ । ‘बट्टाइ रु. तीन सय, चल्ला रु. ५० र अण्डा रु. १० मा बिक्री भइरहेको छ’, सापकोटाले भने, ‘एक दिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ ।’ बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ । त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रूपमा बेच्न सकिने उनले बताए । स्थानीय साकिनी जातको कुखुरापालनबाट छोटो अवधिमा सफलता मिलेपछि नयाँनयाँ जातका कुखुरा र पक्षीपालनमा रुची जागेको व्यवसायि सापकोटाले उल्लेख गरे । उनले फाइटर जातको कुखुरा पनि छिट्टै ल्याउन लागेको सुनाए । आङ्खनै लगानीमा ह्याचरी सञ्चालनमा ल्याएपछि व्यवसाय थप विस्तार भएको उनको भनाइ छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उहाँको बाध्यता थियो । ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न थालेका छन् । ह्याचरीमा रु. तीन लाख लगानी भएको उनले बताए । त्यसअघि कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले रु. दुई लाख ३६ हजार अनुदान दिएको थियो । व्यवसाय प्रवद्र्धनमा सापकोटालाई छोरा निशानको दरिलो साथ छ । स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सय, अण्डा रु. १५ र एक साताको चल्ला रु. एक सय २५ मा बिक्री हुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । कुखुरापालनबाट मासिक रु. ५० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०४:३९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP