काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि उनी आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा असोज ८ गने सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गरेसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।