Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भूगोल रक्षा गर्न सेना कटिबद्धः प्रधानसेनापति थापा
भूगोल रक्षा गर्न सेना कटिबद्धः प्रधानसेनापति थापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २५, २०७७
Pradhan sena pati
RBB RBB
काठमाडौ– प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल सफल रहेको बताएका छन् । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित सञ्चारकर्मीसँग अन्तक्र्रियामा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रूपमा र आगामी वर्षलाई संगठन सुदृढीकरण र दिगोपनाको वर्षको रूपमा अगाडि बढाएको उल्लेख गरे । शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनुपर्ने जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको बताए । ‘संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ’ ‘राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।’ शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो संगठनको रूपमा स्थापित गर्न‘पर्नेमा जोड दिएका छन् । सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रूपमा अगाडि बढाउँदै लगिएको प्रसंगमा उनले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनुपर्ने बताए । देशका सबै जिल्लामा सेनाको उपस्थिति रहँदा स्रोत र साधन अपर्याप्त हुने हुँदा सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने दीर्घकालीन सोचसहित प्रदेश नं २ को बर्दिवासमा एकीकृत व्यारेक प्रणाली शुरु गरिएको र यसै वर्ष घनगढीमा पनि कार्यारम्भ हुन लागेको जानकारी दिए । प्रधानसेनापति थापाले सेनाको महत्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तरक्रिया र सामाजिक कार्यलाई तीब्रता दिइएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको हक अन्तरसम्बन्धित रहेको बताउँदै पारिस्परिक सम्बन्ध र समन्वयबाट मात्रै राष्ट्रिय लक्ष्या हासिल हुन सक्ने बताए । मिडिया र सैनिकबीचको सम्बन्धलाई घनिष्ट तुल्याउन केन्द्रदेखि बाहिनीपति र युनिट तहसम्म उपयुक्त संस्थागत संरचना निर्माणमा जोड दिइएको उनले बताए । सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले नागरिकले अपेक्षा गरेको सेना बनाउन सञ्चार क्षेत्रले पनि मियोको रूपमा काम गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड—१९ को नियन्त्रणमा आइसोलेन, क्वारिन्टिन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अंग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरू गर्दै आएको बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP