ललितपुर - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गरेका छन्।