काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पास गरेको छ।
समितिका समिति सचिव लक्ष्मण अर्यालले आज सिंहदरबारमा बसेको बैठकले उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसम्मत पास गरेको जानकारी दिए।
सो प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने उनले जानकारी दिए।