काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै आवश्यक निर्णय गरिने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।