काठमाडौं- ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। आइतबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजक संस्थाका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा अवार्ड समारोह सम्पन्न भएको हो।
‘संगीत नै हो हाम्रो नाम, संगीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत तीन वर्षदेखि आयोजना हुँदै आएको अवार्डमा पब्लिक च्वाइससहित गीत-संगीत तथा चलचित्र क्षेत्रका विभिन्न २४ विधाका सर्जक तथा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।
समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामा ‘संगीत जीवन साधना सम्मान’बाट सम्मानित भए। त्यस्तै, वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ प्रदान गरिएको थियो। गीत-संगीत तथा चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अन्य सर्जक तथा कलाकारलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको आयोजकले जनाएको छ।
अवार्डका लागि संगीतकार राजु सिंह, संगीतकार तथा संगीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी जुरी सदस्यका रूपमा रहेका थिए। समारोह सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् भने अतिथिहरूको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिइन्।
कार्यक्रममा जुरी सदस्यहरूसहित वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी.आर., संगीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो।
कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए। बुन्चट कलेक्शन र सेवा रेकर्डिङ सपोर्टरका रूपमा रहेका थिए भने डिस होम इन्टरनेट पार्टनर रहेको थियो। रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए।
सम्मानित व्यक्तित्व
- ‘संगीत जीवन साधना सम्मान’ -दीपक खरेल
- ‘संगीत जीवन साधना सम्मान’ -बुद्धवीर लामा
- ‘विशिष्ट गायन रत्न सम्मान’ -आनन्द कार्की
- ‘विशिष्ट गायन रत्न सम्मान’ -प्रदीपराज पाण्डे
- ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ -निखिल उप्रेती
- ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ -सञ्चिता लुइँटेल
- ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ -पूजना प्रधान गुरुङ
- ‘गायक तथा संगीतकार सम्मान’ -अशोक मुकारुङ
- ‘चलचित्रकर्मी सम्मान’ -किशोर झा
- ‘गायक सम्मान’ -पुष्कर सुनुवार
- ‘गायक तथा संगीतकार सम्मान’ -चित्र आठपहरिया
- ‘ट्याटु कलाकार सम्मान’ -सुनिता कुँवर
- सम्मान -प्रशान्त पाराङदेन लिम्बू
- सम्मान -कविता राई
- ‘निर्माता सम्मान’ -श्रीकृष्ण बिष्ट
- ‘गायक सम्मान’ -निमा शेर्पा
अवार्ड विजेता
- सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत -‘यो देशले तिम्रो’
- सर्वोत्कृष्ट भजन गायक -मोतिराज खनाल
- सर्वोत्कृष्ट गीतकार -चन्द्र जयपाल राई
- सर्वोत्कृष्ट पप गायिका -तपस्या राई
- सर्वोत्कृष्ट पुरुष मोडेल -ज्ञानदिप सुवेदी
- सर्वोत्कृष्ट लोक गायक -सोम गुरुङ
- सर्वोत्कृष्ट संगीतकार -सुरेश राई
- सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक -किशोर सुब्बा
- सर्वोत्कृष्ट आधुनिक गायक -मेघराज रानोहन्छा
- सर्वोत्कृष्ट लोक आधुनिक गायिका -सुनिता राई
- सर्वोत्कृष्ट युगल गायिका -मेनुका राई
- सर्वोत्कृष्ट आधुनिक गीतकार -कुमार केरुङ
- सर्वोत्कृष्ट लिम्बू पालाम गायक -भीमकुमार तुम्बापो
- सर्वोत्कृष्ट भिडिओ सम्पादक -मोहन सुनुवार
- सर्वोत्कृष्ट लोक पूर्वेली गायिका -सुमी चाम्लिङ राई
- तीज गीत -स्वेता कार्की
- लोक युगल निर्देशक -शिवजी क्षेत्री
- वर्षका उत्कृष्ट चलचित्र निर्देशक -हस्तबहादुर लिबाङ (लिम्बू)
जनमत (पब्लिक च्वाइस) अवार्ड
- सर्वोत्कृष्ट युगल गायक -बबिना किराँती र सुमन राई
- सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत -टेकबहादुर
- सर्वोत्कृष्ट गीतकार -मीरा देवी राई
- सर्वोत्कृष्ट पप गायिका -सरगम राई
- सर्वोत्कृष्ट लोक गायक -रामचन्द्र चन्द
- सर्वोत्कृष्ट भिडिओ निर्देशक -कुबेर तामाङ