काठमाडौं- आज स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएकाे छ । सुन प्रतितोला सात हजार छ सय रुपैयाँ र चाँदी प्रतिताेला १४५ रुपैयाँले वृद्धि भएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला तीन लाख ४ हजार ९०० रुपैयाँ र चाँदी चार हजार ७२५ रुपैया कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ र चाँदी चार हजार ५८० रुपैयाँ कायम भएको थियो ।